वीरगन्ज :

शिक्षक सरुवाको विषय लिएर विद्यार्थीहरुकाे प्रदर्शन

श्रेणी : मधेस

8 months
Pradeep Sah
2.7kViews
1007 Shares

राैतहट,१२ पुस। जिल्लाको गरुडा नगरपालिकामा शिक्षक सरुवाको विषयलाई लिएर बिहीबार स्थानीय विद्यार्थीहरुले प्रदर्शन गरेका छन्।

प्रदर्शनका क्रममा नगरपालिकाका विभिन्न गाडीमा क्षति पुगेको छ। घटनाको विस्तृत विवरण आउन बाँकी भए पनि यसले नगर क्षेत्रमा तनावको अवस्था सिर्जना गरेको छ।

गरुडा नगरपालिकाको नमुना माध्यमिक विद्यालयका नेपाली शिक्षकको अन्यत्र सरुवा भएपछि विद्यार्थीहरुले आक्रोशित हुँदै प्रदर्शन गरेका थिए। प्रदर्शनलाई नियन्त्रणमा लिन इलाका प्रहरी कार्यालयले प्रयास गरिरहेको छ। यस्तै, गरुडा नगरपालिकाको कार्यालय परिसरमा सशस्त्र प्रहरी र नेपाल प्रहरीको बाक्लो उपस्थिति रहेको छ।

प्रदर्शनको क्रममा पालिकामा ठूलो क्षति भएको अनुमान गरिएको छ। क्षतीको विवरण पालिकाका कर्मचारी र प्रहरीले संकलन गरिरहेको इलाका प्रहरी कार्यालय गरुडाले जनाएको छ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *