
श्रेणी : प्रदेश
काठमाडौं,१४ बैशाख । काठमाडौंमा आइतबार दिउँसो शिक्षक आन्दोलनको क्रममा घाइते भएकी पत्रकार सबिना कार्कीको अहिले तिलगंगा आँखा अस्पतालमा उपचारका भइरहेको छ । उपचारमा संलग्न चिकित्सकका अनुसार चोटको कारणले गर्दा दुवै आँखाको लेन्सहरु सुन्निएको छ ।
‘आँखाभित्र रगत जमेको (हाइफिमा) छ । जसले गर्दा भिजन एकदमै कम रहेको छ । आँखाको छालाको माथिल्लो भाग पनि च्यातिएको छ । चोटको कारण आँखाको प्रेसर पनि बढेको छ,’ उपचारमा संलग्न डा. सिभान्त श्रेष्ठले भनिन् ।
डा. श्रेष्ठका अनुसार चोट, हाइफिमाको कारणले गर्दा रेटिनामा पनि मज्जाले हेर्न सकिएको छैन । ‘आँखाको नशाको भागहरूसम्म चाहिँ देखिएको छ । तर त्यसपछि रेटिनाको अवस्था कस्तो छ भनेर हेर्न सकिएको छैन,’ उनले भनिन् ।
श्रेष्ठका अनुसार अहिले औषधिहरु सुरु गरिएको छ । रगत जमेको अवस्था कम भएपछि बल्ल हेर्न सकिन्छ । उनले अगाडि थपिन्, ‘अहिलेको चोट भएकाले औषधिले कम गरेपछि मात्रै के कस्तो अवस्था छ भनेर हेरेर आँखाको पर्दा कस्तो छ भनेर हेर्न सकिन्छ ।’
दिउँसो बानेश्वर क्षेत्रमा शिक्षकहरुकाे आन्दोलनको रिपोर्टिङ गर्न पुगेका बेला प्रहरी र शिक्षकहरुबीच भएको झडपमा प्रहरीले हानेकाे पानीको फाेहाेरा लागेर पत्रकार कार्की घाइते भएपछि उनलाई प्रहरीले उद्दार गरे अस्पताल पुर्याएकाे थियाे।

प्रतिक्रिया