वीरगन्ज :

शिक्षकले छात्रालाई पठायो सन्देश “ह्यापी बर्थडे मेरी जान”, विद्यालयले गर्‍यो निष्कासन

श्रेणी : BANNER

24 hours
Pradeep Sah
1.8kViews
1613 Shares

रौतहट,०२ साउन । रौतहटको गरुडा नगरपालिका–१ स्थित श्री माध्यमिक विद्यालयका शिक्षक रविन्द्र प्रसाद साहलाई एक छात्रालाई अनुचित सन्देश पठाएको आरोपमा विद्यालयबाट निष्कासन गरिएको छ।

विद्यालय प्रशासनका अनुसार १६ वर्षीया छात्रालाई मोबाइलमार्फत “ह्यापी बर्थडे मेरी जान” लेखेर सन्देश पठाएपछि शिक्षक साहलाई बर्खास्त गर्ने निर्णय गरिएको हो। घटनाबारे असार २९ गते वडाध्यक्ष राजेश कुमार सहनीको संयोजकत्वमा आयोजित सर्वपक्षीय बैठकले तत्काल निष्कासन गर्न सुझाव दिएको थियो। बैठकमा स्थानीय अभिभावक, राजनीतिक दलका प्रतिनिधि, समाजसेवी तथा विद्यालय प्रशासन सहभागी थिए।

विद्यालयका निवर्तमान व्यवस्थापन समिति अध्यक्ष राजकुमार दासका अनुसार, साहले विगत एक वर्षदेखि यौनजन्य मनसायसहितका सन्देशहरू पठाउँदै आएको उजुरी अभिभावकहरूले दिएका थिए। सन्देश सार्वजनिक भएपछि विद्यार्थीहरू आक्रोशित बनेर विद्यालयमै कुटपिट र तोडफोडमा उत्रिएको जनाइएको छ। त्यसपछि शिक्षक साहलाई प्रहरीले सोही दिन नियन्त्रणमा लिएको थियो।

ईलाका प्रहरी कार्यालय गरुडाका प्रमुख डीएसपी राजन कार्कीले जानकारी दिँदै शिक्षक साहविरुद्ध अभद्र व्यवहारसम्बन्धी मुद्दा दर्ता गरिएको र सात दिनको म्याद लिएर अनुसन्धान अगाडि बढाइएको बताए।

४९ वर्षीय साहले विद्यालयमा कक्षा ७ सम्म अंग्रेजी र कक्षा ९ मा सामाजिक विषय अध्यापन गर्दै आएका थिए।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *