वीरगन्ज :

शिक्षकका लागि २ दिने प्रसंशनीय खाेज सम्बन्धि तालिम सुरू

श्रेणी : मधेस

9 months
Pradeep Sah
2.8kViews
1899 Shares

वीरगंज (पर्सा), २२ असार ।  वीरगंजमा शिक्षकहरूकाे लागि प्रसंशनीय खाेज सम्बन्धि तालिम सुरू भएकाे छ । युवालयकाे आयाेजनामा वीरगंज गेटवै हाेटलमा शनिवारदेखि दुई दिने तालिम सुरू भएकाे हाे । पर्सागढी नगरपालिकाका ८ वटा विद्यालयका १६ जना शिक्षकहरू तालिम सहभागि छन् ।

सहभागिहरूलाई शनिबार पहिलाे दिन मुनिलाल बैठाले प्रशिक्षण दिएका थिए । उनले विद्यालयमा शिक्षण गर्दा सकारात्मक साेच र उर्जाका साथ गर्नुपर्नेमा जाेड दिए । परिवर्तित तरिकाले व्यवहारिक रूपमा विद्यार्थीलाइ सिकाउनुपर्ने उनकाे सुझाव छ । शिक्षक विद्यार्थीकाे सबल पक्षलाई पहिचान गरेर पुनरताजगी गराउने अभिप्रायले तालिमकाे आयाेजना गरिएकाे युवालयका पर्सा प्रतिनिधि राहुल साहले बताए ।

उनका अनुसार तालिमले शिक्षकहरूलाई शिक्षण सिकाइका विविध तरिकाहरूकाे बारेमा सिकनमा सघाउ पुग्नेछ । साेही अवसरमा वीरगंजका नमुना विद्यालउ नृसिंह मा.वि. पिपराका प्रधानाध्यापक हरेन्द्र कुर्मीले अनुभव सुनाएका थिए । विद्यालयकाे व्यवस्थापन र शिक्षण सिकाइमा आफनाे विद्यालयले अंगालेका विधिकाे बारेमा पनि उनले जानकारी गराए ।

तालिममा विद्यालय सुधार याेजना तथा विद्यालयकाे वार्षिक तथा पञ्चवर्षिय याेजना बनाउने बारेमा पनि प्रशिक्षण दिइएकाे थियाे ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *