वीरगन्ज :

शासन व्यवस्था र निर्वाचन प्रणालीमा सुधार नगरे राजनीतिप्रति जनतामा निराशा बढ्छः सांसद देवकोटा

श्रेणी : समाचार

2 years
birgunj report
29Views
0 Shares

काठमाडौं । राष्ट्रिय सभाका सदस्य खिललाल देवकोटाले विद्यमान शासन व्यवस्था र निर्वाचन प्रणाली परिवर्तन गर्नुपर्ने बताएका छन् । राष्ट्रिय सभाको बुधबारको बैठकमा सांसद देवकोटाले शासन व्यवस्था र निर्वाचन प्रणालीलाई सुधार नगरे राजनीतिप्रति जनतामा निराशा बढ्ने बताए ।

शासन व्यवस्था र निर्वाचन प्रणालीलाई सुधार नगरे स्थिति अकल्पनीय हुने भन्दै उनले एक व्यक्ति दुईपटक मात्र प्रधानमन्त्री बन्न पाउने, सांसद वा मन्त्री तीनपटक र दलको अध्यक्ष दुईपटक मात्र बन्न पाउने व्यवस्था गर्नुपर्ने बताए । उनले हालको समानुपातिक निर्वाचन प्रणालीलाई प्रत्यक्ष निर्वाचन प्रर्णालीमै समानुपातिक व्यवस्था गर्नुपर्ने बताए ।

उनले संघीय संसद सदस्य २७५ बाट घटाएर १६५ र प्रदेशसभा सदस्य ५५० बाट घटाएर ३३० सदस्य बनाउनुपर्ने बताए । अदालत, संवैधानिक निकाय, राजदूत, विश्वविद्यालयमा दलीय आधारमा गरिने नियुक्ति र सार्वजनिक संस्थानहरुमा पार्टी कार्यकर्ता भर्ती गर्ने कार्य पनि बन्द गर्नुपर्ने उनले बताएका छन् ।

नागरिकका समस्या तत्कालै समाधान गर्ने संयन्त्र बनाउनुपर्ने भन्दै उनले सुशासनको प्रत्याभूति अभियान चलाउनुपर्ने बताए ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *