वीरगन्ज :

शान्ति प्रक्रिया र संक्रमणकालीन न्यायका काम शान्ति सम्झौताको मर्मअनुसार समाधान हुन्छः प्रधानमन्त्री

श्रेणी : BANNER

2 years
birgunj report
33Views
0 Shares

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले शान्ति प्रक्रिया र संक्रमणकालीन न्यायका काम शान्ति सम्झौताको मर्मअनुसार समाधान गरिने बताएका छन् ।

बिहीबारको प्रतिनिधिसभाको बैठकमा नेकपा माओवादी केन्द्रका सांसद पूर्णबहादुर घर्तीले सोधेको प्रश्नको जवाफ दिँदै प्रधानमन्त्रीले शान्ति सम्झौताको मर्म अनुसार बाँकी काम पुरा गर्ने बताएका हुन् ।

प्रधानमन्त्रीले जघन्य अपराधमा संलग्न कसैलाई पनि छुट नदिइने स्पष्ट पारे । उनले भने, ‘शान्ति प्रक्रिया र संक्रमणकालीनका बाँकी काम अब छिट्टै पुरा गर्ने तयारी छ । जघन्य अपराधमा संलग्नलाई कुनै उन्मुक्ति दिँदैनौं । त्यतिबेला गिरिजाप्रसाद कोइरालालाई पनि यो कुरा कन्भिन्स गरेको थिएँ । उहाँले परगिभ र फर्गेट भन्नु हुन्थ्यो । तर मैले मानिन ।’

द्वन्द्वकालीन विषयका मुद्धामा सबै राजनीतिक दल एकै ठाउँमा उभिन जरुरी रहेको उनले बताए । उनले भने, ‘सबै दलको सहमतिबाट विधेयक पारित गर्ने योजना छ। विचाराधिन विधेयकलाई राजनीतिक सहमतिबाट टुग्याउँने समझदारी भइसकेको छ।’

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *