वीरगन्ज :

शल्यक्रियापछि बिरामीको मृत्यु, पीडित परिवारद्वारा छानबिन र कारबाहीको माग

श्रेणी : मधेस

3 weeks
Pradeep Sah
1.5kViews
1006 Shares

रौतहट, ११ फागुन । रौतहटको गौर सेन्टर हस्पिटलमा शल्यक्रियापछि १८ वर्षीय बिरामीको मृत्यु भएको छ । मृतकका परिवारले डाक्टरको लापरबाहीको आरोप लगाउँदै घटनाको छानबिन र दोषी चिकित्सकमाथि कारबाहीको माग गरेका छन् ।

मृतक लालु अधिकारी गौर नगरपालिका वाडा न. ३० लाई शनिबार पेट दुखाइका कारण प्रादेशिक अस्पताल गौरमा भर्ना गरिएको थियो। प्रारम्भिक परीक्षणपछि अस्पतालका डाक्टर घनश्याम ठाकुरले आन्द्रा फुटेको बताउँदै अन्यत्र उपचार गर्न सुझाव दिएका थिए ।

डाक्टर ठाकुरको सिफारिसमा बिरामीलाई गौर सेन्टर हस्पिटल पुर्याइयो, जहाँ डाक्टर पंकज साहको टोलीले शल्यक्रिया गर्यो। शल्यक्रियापछि बिरामीको अवस्था गम्भीर बन्दै गएपछि परिवारलाई फोन गरी जानकारी दिइयो ।

त्यसपछि बिरामीलाई नेशनल मेडिकल कलेज,बीरगन्ज रेफर गरिएको थियो । । तर, राति करिब ११ बजे कलेज पुगेपछि डाक्टरले बिरामीको मृत्यु भएको घोषणा गरे ।

मृतकका काका देवेन्द्र अधिकारीले शल्यक्रियामा संलग्न डाक्टरहरू फिरोज अन्जुम, पंकज साह र अस्पताल प्रशासन सम्पर्कविहीन रहेको भन्दै घटनामा गम्भीर लापरबाही भएको दाबी गरेका छन् ।

उनले घटनाको निष्पक्ष छानबिन गर्दै दोषीहरूमाथि कारबाही हुनुपर्ने माग गरेका छन् ।

प्रादेशिक अस्पताल गौरका मेडिकल सुपरिटेन्डेन्ट डाक्टर मुरारी ठाकुरले बिरामीलाई नारायणी अस्पताल ९वीरगञ्ज० पठाउनुपर्नेमा निजी अस्पतालमा किन पठाइयो भन्ने अनुसन्धान गर्नुपर्ने बताए ।

अस्पताल विकास समितिका अध्यक्ष अनवर हासमीले डाक्टर ठाकुर, साह र अन्जुमलाई लिखित स्पष्टीकरण सोध्ने तयारी भइरहेको जानकारी दिए ।

मृतक परिवारले न्यायको माग गर्दै दोषी अस्पताल तथा चिकित्सकलाई कानुनी दायरामा ल्याउन दबाब दिएका छन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *