
श्रेणी : BANNER
काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री गगन थापाले नक्कली भुटानी शरणार्थी प्रकरणको अनुसन्धान निष्पक्ष र दबाबरहित भएर गर्न आग्रह गरेका छन् ।
बुधबारको प्रतिनिधिसभा बैठकमा महामन्त्री थापाले भुटानी शरणार्थी प्रकरणको अनुसन्धान कुनै पनि भेटघाट र बजारको हल्लाले प्रभावित हुन नहुने बताएका हुन् ।
उनले दोषी जोसुकै भए पनि कानुनी कारबाहीको दायरामा आउनुपर्ने र ल्याउनुपर्ने बताए । उनले अनुसन्धान निष्पक्ष हुनुपर्ने भन्दै निर्दोष फस्न नहुने बताए ।
उनले भने, ‘म आग्रह गर्न चाहन्छु कि अनुसन्धान फ्रि र फेयर हुनुपर्छ । दोषी छुट्न हुँदैन र निर्दाेष कोही पनि नपरोस् । तर, दोषी छ भने नेता होस् कि नाता होस्, एउटा पनि नछोडोस् । यो प्रकरणमा सरकारले दह्रो खुट्टा टेक्यो भने सुशासनको नारा लगाउन सक्छ । तपाइँको फिल्म हाउस फुल हुन्छ । नत्र हल खाली हुन्छ ।’


प्रतिक्रिया