श्रेणी : राष्ट्रिय
काठमाडौं । शताब्दी पुरुष सत्यमोहन जोशीको निधन भएको छ। ललितपुरको ग्वार्कोस्थित किष्ट मेडिकल कलेजमा उपचाररत जोशीको १०३ वर्षको उमेरमा आइतबार बिहान निधन भएको हो ।
नइ प्रकाशनका सदस्य सचिव नरेन्द्रराज प्रसाईंकाका अनुसार जोशीको बिहान ७ बजेर ९ मिनेटमा निधन भएको हो । जोशीका भतिजा अजरमान जोशीले पनि सत्यमोहन जोशीको निधन भएको पुष्टि गरे ।
जोशीले आफ्नो मृत्युपछि अस्पताललाई शरीर दान गर्ने घोषणा गरेका थिए। लामो समयदेखि प्रोस्टेट तथा मुटुको समस्याबाट पीडित जोशीमा कमजोरी देखिएपछि असोज ७ गते इमर्जेन्सीमा भर्ना गरी उपचार सुरू गरिएको थियो ।
परीक्षण गर्दा डेङ्गु सङ्क्रमण, छातीमा निमोनियाको सङ्क्रमणका साथै मुटुको चालसम्बन्धी समस्या देखिएको र अक्सिजन स्याचुरेसन लेभल कम भएर सघन उपचार कक्षमा सिफ्ट गरी उपचार सेवा दिइँदै आएको थियो। केही दिन अगाडिबाट नै जोशीको स्वास्थ्य अवस्था गम्भीर बन्दै गएको थियो ।
प्रतिक्रिया