
श्रेणी : प्रदेश
काठमाडाैं,२२ पुस । शङ्कास्पद मानिएका एक लाख दुई हजार सवारीचालक अनुमतिपत्र (लाइसेन्स) का वास्तविकता जाँच्न सुरू गरिएको छ। यातायात व्यवस्था विभागले यी लाइसेन्सहरू सक्कली वा नक्कली छन् भन्ने जाँच गर्न बागमती प्रदेशका यातायात कार्यालयहरूलाई जिम्मा दिएको छ।
सञ्चालित अध्ययनलाई आधार मानेर, बागमती प्रदेशका श्रम, रोजगार तथा यातायात मन्त्रालयका सचिव बलराम निरौलाले लाइसेन्सको वास्तविकता थाहा पाएपछि सक्कली लाइसेन्सधारकलाई वितरण गरिने बताएका छन्। यस प्रक्रिया अन्तर्गत नक्कली लाइसेन्स भेटेमा ती लाइसेन्स नष्ट गरिने छ।
पहिले विभिन्न यातायात कार्यालयबाट वितरण गरिएका यी एक लाख दुई हजार लाइसेन्स नक्कली रहेको आशङ्कामा रोकिएका थिए। यातायात व्यवस्था विभागका महानिर्देशक राजीव पोखरेलका अनुसार, यस समय रोक्का गरिएका लाइसेन्सको विवरण संबंधित कार्यालयका रेकर्डसँग मिलाएर जाँच भइरहेको छ, र यदि सबै जानकारी सही भयो भने ती लाइसेन्स खुला गरिने प्रक्रिया सुरु हुनेछ।

प्रतिक्रिया