वीरगन्ज :

शंकास्पद अवस्थामा ९५ लाख रुपैयाँसहित चार जना पक्राउ

श्रेणी : अपराध

4 months
Pradeep Sah
1.9kViews
1728 Shares

काठमाडौं,२२ वैशाख । काठमाडौंको पिंगलास्थानस्थित पशुपति भिजन अगाडि शंकास्पद अवस्थामा भेटिएका चार जना व्यक्तिलाई प्रहरी पक्राउ गरेको छ। उनीहरूका साथबाट झन्डै एक करोड रुपैयाँ नगद बरामद गरिएको छ।

जिल्ला प्रहरी परिसर, काठमाडौंका एसपी अपीलराज बोहराका अनुसार, दुईवटा मोटरसाइकलमा सवार ती चार जनालाई शंका लागेपछि प्रहरीले जाँच गर्दा उनीहरूका झोलाबाट ९५ लाख १७ हजार ५ सय रुपैयाँ नगद फेला परेको हो।

पक्राउ परेकामध्ये समुन्द्र जमकट्टेल काठमाडौं तार्केश्वर–३ फेदीका २९ वर्षीय हुन्। अन्य तीनजना क्रमशः सप्तरीको सप्तकोशी नगरपालिका–१ का ४३ वर्षीय गणेश राई, लमजुङको दोदी गाउँपालिका–३ का ३१ वर्षीय सन्तोष गुरुङ र ३९ वर्षीय सन्तोष घिमिरे हुन्।

प्रहरीका अनुसार उक्त रकमको स्रोत खुल्न सकेको छैन। हाल उनीहरूमाथि थप अनुसन्धान भइरहेको छ। एसपी बोहराले बताएअनुसार, ती व्यक्तिहरू अत्यन्त शंकास्पद गतिविधिमा संलग्न देखिएकाले चेकजाँच गर्दा झोलामा लुकाइराखिएको रकम फेला परेको हो।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *