वीरगन्ज :

व्यस्त जीवनशैलीलाई योगमार्फत सन्तुलनमा ल्याऔं : मुख्यमन्त्री सिंह

श्रेणी : मधेस

2 months
Pradeep Sah
3.1kViews
1426 Shares

बीरगन्ज,०७ असार । मधेस प्रदेशका मुख्यमन्त्री सतिशकुमार सिंहले व्यस्त जीवनशैलीका कारण उत्पन्न हुने तनाव र रोगहरूबाट मुक्त हुन योगको अभ्यास गर्नुपर्नेमा जोड दिएका छन्।

भारतको महावाणिज्य दूतावास, बीरगन्जको आयोजनामा आज सम्पन्न ११औँ अन्तर्राष्ट्रिय योग दिवसको कार्यक्रममा बोल्दै मुख्यमन्त्री सिंहले भने,“मानिस भागदौडको जीवनशैलीमा स्वास्थ्यप्रति बेवास्ता गर्न थालेका छन्। योगमार्फत मानसिक तनाव घटाउनुका साथै शरीरलाई स्वस्थ राख्न सकिन्छ।”

उनले बालबालिका, युवादेखि वृद्धसम्म सबैलाई योगको अभ्यासमा लाग्न आग्रह गर्दै,“तनाव व्यवस्थापनका लागि दिनको सुरुआत नै योगबाट गर्नु उपयुक्त उपाय हो,” भन्ने धारणा राखे।

कार्यक्रममा भारतका महावाणिज्यदूत देवी सहाय मिनाले हालको जीवनशैलीमा योगको महत्व झनै बढ्दै गएको उल्लेख गरे। त्यस्तै, प्रादेशिक आयुर्वेद तथा वैकल्पिक चिकित्सालय, बीरगन्जले विविध कार्यक्रमहरूमार्फत अन्तर्राष्ट्रिय योग दिवस मनाएको छ।

कार्यालय प्रमुख डा. शिवनारायण गुप्ताले योगले शारीरिक र मानसिक स्वास्थ्यमा दीर्घकालीन सकारात्मक प्रभाव पार्ने भएकाले यसको अभ्यास सबैले गर्नुपर्ने बताए।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *