वीरगन्ज :

व्यवस्थाविरुद्ध भइरहेको गतिविधिका जिम्मेवार पूर्वराजा ज्ञानेन्द्र रहेको गणतन्त्र पक्षधर दलहरुको निष्कर्ष

श्रेणी : प्रदेश

3 weeks
Pradeep Sah
2.6kViews
1951 Shares

काठमाडौं,१८ चैत । गणतन्त्र पक्षधर प्रमुख दलहरुले संविधान र संघीय लोकतान्त्रिक गणतन्त्रको विरोधमा भइरहेको गतिविधिमा मुख्य जिम्मेवार पूर्वराजा ज्ञानेन्द्र रहेको निष्कर्ष निकालेका छन्।

सिंहदरबारमा प्रधानमन्त्री केपी शर्मा ओलीको आह्वानमा भएको बैठकमा सबै दलका नेताहरुले पूर्वराजाका गतिविधिका कारण अराजकता र अस्थिरता बढेको ठहर गरेका हुन्। यसैकारण, उनीहरुले पूर्वराजालाई कारबाहीको दायरामा ल्याउनुपर्नेमा जोड दिएका छन्।

प्रधानमन्त्री ओलीले बैठकमा देशको पछिल्लो अवस्था बारे जानकारी दिँदै, पूर्वराजाका गतिविधिहरु संविधान र कानूनको विपरीत भइरहेको उल्लेख गरे। साथै, प्रमुख राजनीतिक दलले तिनीहरूको गतिविधिको बारेमा सरकारलाई कारबाहीका लागि सुझाव दिएका छन्।

बैठकमा सहभागी दलहरुले संविधान र संघीय लोकतान्त्रिक व्यवस्थाको विरोध गर्ने सबैलाई कारबाहीको दायरामा ल्याउन सरकारसँग आग्रह गरेका छन्।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *