वीरगन्ज :

‘व्यवस्थापिकाको प्रमुखले नै यस्तो अभिव्यक्ति दिँदा प्रेस स्वतन्त्रतामाथि परेको आघातको बारेमा सोचिएको छ कि छैन ?’

श्रेणी : BANNER

2 years
birgunj report
15Views
0 Shares

काठमाडौं । सभामुख देवराज घिमिरेले ‘पत्रकार बिक्रीमा’ भनी दिएको अभिव्यक्तिको प्रतिनिधिसभा बैठकमा विरोध भएको छ । आइतबारको संसद बैठकमा नेपाली कांग्रेसका सांसद रामहरि खतिवडाले व्यवस्थापिकाको प्रमुखको अभिव्यक्तिले प्रेस स्वतन्त्रतामाथि आघात पुगेको बताए ।

उनले भने,‘सभामुख पत्रकार बिक्रीमा छन् भन्ने अभिव्यक्ति दिएर चर्चामा हुनुहुन्छ । व्यवस्थापिकाको प्रमुखले नै यस्तो अभिव्यक्ति दिँदा प्रेस स्वतन्त्रतामाथि परेको आघातको बारेमा सोचिएको छ कि छैन ? त्यतातिर पनि ध्यान जाओस् ।’

त्यसैगरी नेपाल मजदुर किसान पार्टीका सांसद प्रेम सुवालले बिक्री हुने पत्रकार कुन– कुन हुन् भनेर पत्ता लगाउन सभामुखलाई छानबिन समिति बनाउन आग्रह गरे ।

उनले भने, ‘सभामुख महोदयको अर्को एउटा आएको छ, पत्रकारहरुको बारे । अब हुनत पत्रकारहरुकोबारेमा यहाँले अध्ययन गरेर भन्नुभएको भए छानबिन समिति नै बनाउनुपर्यो । तर सबै पत्रकार त्यस्तो नहोला । कुन–कुन हो ? पित पत्रकारिता चलाउने । त्यो चाहिँ हामीलाई सभामुख महोदयबाट एउटा छानबिन समिति बनाउनुपर्यो ।’

शुक्रवार सभामुख घिमिरेलाई भेट्न पुगेका नेपाल पत्रकार महासंघका् प्रतिनिधि मण्डलसँग उनले पत्रकारहरु बिक्रीमा रहेका अभिव्यक्ति दिएका थिए ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *