वीरगन्ज :

वैशाख २१ सम्म नेताहरू रिहा नभए २२ गते सामूहिक गिरफ्तारी दिन डा.जगमानको घोषणा

श्रेणी : प्रदेश

1 week
Pradeep Sah
1.8kViews
1556 Shares

काठमाडौं,२७ चैत । राजसंस्था पुनर्स्थापनाको मागसहित आन्दोलन गर्दै आएको संयुक्त जनआन्दोलन समितिले वैशाख २२ गते सामूहिक गिरफ्तारी दिने घोषणा गरेको छ। समितिका कार्यवाहक संयोजक डा. जगमान गुरुङले बुधबार काठमाडौंमा आयोजित पत्रकार सम्मेलनमा उक्त घोषणा गरेका हुन्।

गुरुङले वैशाख २१ गतेभित्र आन्दोलनका क्रममा पक्राउ परेका कार्यकर्ताको रिहाइ र नजरबन्दमा रहेका नवराज सुवेदीलाई मुक्त नगरिए कडा आन्दोलनमा जाने चेतावनी दिए। उनले भने, “यदि सरकारले सुनुवाइ गरेन भने २२ गते हामी सामूहिक रूपमा गिरफ्तारी दिनेछौं। म माटोको टीका लगाएर सबैभन्दा पहिला हिँड्नेछु।”

उनले यो आन्दोलन ज्यानको प्रवाह नगरी, भद्र अवज्ञाको शैलीमा अगाडि बढाइने स्पष्ट गरे। गुरुङले आफ्नो नेतृत्वमा हुने आन्दोलन शान्तिपूर्ण तर प्रभावशाली हुने दाबी गरे।

त्यस्तै, उनले गोरखकाली र गोरखनाथको अन्तिम पूजा वैशाख १९ गते आयोजना गरिने जानकारी पनि दिए। “हामी धार्मिक र राष्ट्रिय अस्मिताका प्रतीकहरूप्रति श्रद्धा व्यक्त गर्दै यो आन्दोलनलाई जनस्तरसम्म पुर्‍याउँछौं,” उनले भने।

राजसंस्थाको पुनर्स्थापनाका पक्षमा देशभरि जनचेतना फैलाउने र सरकारको ध्यानाकर्षण गराउने उद्देश्यले चरणबद्ध आन्दोलनको तयारी भइरहेको समितिले जनाएको छ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *