वीरगन्ज :

वैशाखमा सारियो नेपाल मधेसी निजामती कर्मचारी मञ्चको महाधिवेशन

श्रेणी : प्रदेश

10 months
Pradeep Sah
2.9kViews
1173 Shares

काठमाडौँ,०६ चैत । निजामती कर्मचारीहरूको राष्ट्रियस्तरको ट्रेड युनियन नेपाल मधेसी निजामती कर्मचारी मञ्चको चौथो महाधिवेशनको मिति सरेको छ ।

यसअघि २०८१ चैत्र ७–९ गतेसम्म जनकपुरधाममा सम्पन्न गर्नेगरी निर्धारित गरिएको महाधिवेशन मञ्च आबद्ध जिल्ला तथा विभागीय कार्यसमितिहरूको अधिवेशन सम्पन्न हुन नसकेको जनाउँदै आगामी २०८२ वैशाख ५–७ गते हुने भएको छ ।

मञ्चका अध्यक्ष भुवनेश्वर चौधरीले जिल्ला अधिवेशन हुन नसकेको र आन्तरिक व्यवस्थापकीय तयारी नपुगेको कारण महाधिवेशन मिति सारिएको बताए । केन्द्रीय समितिले सर्वसम्मत रूपमा महाधिवेशनको मिति सार्ने निर्णय गरेको उनले जानकारी दिएका छन् । महाधिवेशन जनकपुरधाममै हुनेछ ।

चौथो महाधिवेशन सारिएको जानकारी मञ्चले फागुन २८ को परिपत्रमार्फत मातहतका सबै जिल्ला र विभागीय समितिहरूलाई पठाइसकेको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *