वीरगन्ज :

वैदेशिक रोजगारीसम्बन्धी मुद्दामा एक प्रतिवादी बीरगन्जबाट पक्राउ

श्रेणी : अन्तर्राष्ट्रिय

2 months
Pradeep Sah
2.9kViews
1516 Shares

बीरगन्ज,०१ जेठ । वैदेशिक रोजगारीसम्बन्धी मुद्दामा संलग्न एक प्रतिवादीलाई बीरगन्जबाट प्रहरीले बुधबार पक्राउ गरेको छ। पक्राउ पर्ने व्यक्तिको नाम ६८ वर्षीय सितारामप्रसाद कुर्मी हो, जो वीरगन्ज महानगरपालिका वडा नम्बर २४ का निवासी छन्।

उनीविरुद्ध वैदेशिक रोजगार विभाग, ताहाचल काठमाडौंमा वैशाख ७ गते मुद्दा दर्ता भएको थियो। सुरेश सिंह घिमिरेको जाहेरीको आधारमा, प्रतिवादी दीपकप्रसाद कुर्मीसमेत नाम भएका व्यक्तिहरू विरुद्ध वैदेशिक रोजगारसम्बन्धी कसुर मुद्दामा अनुसन्धान भइरहेको थियो।

वैदेशिक रोजगार विभागले वैशाख १७ गते पर्सा जिल्ला प्रहरी कार्यालयलाई पत्राचार गर्दै कुर्मीको खोजी गर्न अनुरोध गरेको थियो। त्यसै अनुरोधमा पर्सा प्रहरीको टोलीले वीरगन्जका विभिन्न स्थानमा खोजी गरेपछि कुर्मीलाई आफ्नै घरमा लुकीछिपी बसिरहेको अवस्थामा पक्राउ गरेको हो।

पक्राउपछि कुर्मीलाई वैदेशिक रोजगार विभाग काठमाडौंमा पठाइएको छ, र अहिले यस मुद्दामा थप अनुसन्धान जारी रहेको पर्साका प्रहरी नायब उपरीक्षक किशोर लम्सालले जानकारी दिएका छन्।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *