वीरगन्ज :

वैदेशिक रोजगारीको प्रलोभनमा ३१ लाख ठगी गर्ने तीन पक्राउ

श्रेणी : अन्तर्राष्ट्रिय

3 months
Pradeep Sah
2.6kViews
1041 Shares

काठमाडौँ,०८ माघ । वैदेशिक रोजगारीको प्रलोभन देखाएर ३१ लाख रुपैयाँ ठगी गरेको आरोपमा तीन जना पक्राउ परेका छन्। काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले सोमबार तिलकबहादुर कार्की (बाग्लुङ), हरिबहादुर बिष्ट (प्युठान), र जमुना परियार (स्याङ्जा) लाई विभिन्न स्थानबाट पक्राउ गरेको हो।

प्रहरीका अनुसार अभियुक्त परियारले २८ लाख, कार्कीले एक लाख, र बिष्टले दुई लाख ठगी गरेका थिए। उनीहरूलाई थप अनुसन्धान र कारबाहीका लागि वैदेशिक रोजगार विभागमा पठाइएको छ।

त्यसैगरी, मोबाइल र व्यक्तिगत कागजात चोरी गरी ठगीमा संलग्न रहेको अभियोगमा उदयपुरका ध्रुवकुमार राय र राजन डङ्गोललाई पनि पक्राउ गरिएको छ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *