वीरगन्ज :

वेलायतका लागि गुप्तचरी गरेको आरोपमा इरानी पूर्वमन्त्रीलाई मृत्युदण्ड

श्रेणी : अन्तर्राष्ट्रिय

2 years
birgunj report
50Views
0 Shares

पूर्वइरानी मन्त्री अलीरेजा अक्बरीलाई मृत्युदण्ड दिइएको छ । उनलाई सन् २०१९ मा पक्राउ गरिएको थियो र वेलायतका लागि गुप्तचरी गरेको आरोपमा दोषी ठहर गरिएको थियो ।

ब्रिटिश इरानी दोहोरो नागरिकता रहेका अलीरेजा अक्बरीलाई तेहरानले मृत्युदण्ड दिइएको हो । उनलाई यसअघि नै इरानले मृत्युदण्डको सजाय सुनाइएको थियो ।

अक्बरीको परिवारले जेलमा अन्तिम पटक भेट्न दिन भन्दै बुधवार अनुरोध गरेको थियो र उनकी पत्नीले उनलाई एकान्त कारावासमा राखिएको थियो ।

इरानका पूर्व सहायक रक्षा मन्त्री सन् २०१९ मा पक्राउ परेका थिए र उनलाई वेलायतको लागि जासुसी गरेको आरोपमा दोषी ठहर गरिएको थियो।

उनले उक्त आरोप अस्वीकार गर्दै आएका थिए । वेलायतले इरानलाई मृत्युदण्डलाई स्थगित गर्न र उनलाई तत्कालै रिहा गर्न माग गर्दै आएका छन् ।

शुक्रबार वेलायतका विदेशमन्त्री जेम्स क्लेभर्लीले इरानले मृत्युदण्डको क्रुर धम्की दिने काम रोक्नुपर्ने बताए । इरानले यो हप्ता अक्बरीको एउटा भिडियो सार्वजनिक गरेको थियो जसमा उनले जबरजस्ती आरोप स्वीकार गरेको जस्तो देखिन्थ्यो ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *