वीरगन्ज :

वृहत्तर जनकपुरका तत्कालीन कार्यकारी निर्देशक ठाकुर पक्राउ

श्रेणी : अपराध

3 weeks
Pradeep Sah
2.3kViews
1535 Shares

जनकपुरधाम,२९ पुस । वृहत्तर जनकपुर क्षेत्र विकास परिषद्का तत्कालीन निर्देशक बलराम ठाकुर पक्राउ परेका छन् ।

ठगी तथा सरकारी छाप र दस्तखत किर्ते अभियोगमा ठाकुर पक्राउ परेका हुन् । उनलाई सोमबार ललितपुरको भैंसेपाटीबाट पक्राउ गरिएको धनुषा प्रहरीले जनाएको छ । धनुषाका प्रहरी उपरीक्षक भुवनेश्वर तिवारीले ठाकुरलाई धनुषा ल्याउने तयारी भइरहेको जानकारी दिए ।

गत भदौ महिनामा निर्देशक ठाकुरसहित पाँचजनामाथि सो मुद्दा दर्ता भएको थियो । लेखापाल सावित्री गिरी, प्रशासान प्रमुख जितेन्द्रकुमार यादव र जिन्सी शाखा प्रमुख मदनकुमार चौधरमाथिसमेत मुद्दा दर्ता भएको छ । उनीहरू फरार रहेका छन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *