वीरगन्ज :

वीरगन्ज–३१ मा जसपाबाट ठूलो पहिरो, वडा कमिटी उपाध्यक्षको नेतृत्वमा सयौं नेता–कार्यकर्ता एमालेमा प्रवेश

श्रेणी : BANNER

2 months
Pradeep Sah
2.8kViews
1706 Shares

वीरगन्ज, २४ माघ । पर्सा निर्वाचन क्षेत्र नम्बर–१ अन्तर्गत वीरगन्ज महानगरपालिका वडा नम्बर ३१ बेलवामा नेकपा एमालेको संगठनात्मक प्रभाव तीव्र रूपमा विस्तार भएको छ। जनता समाजवादी पार्टी (जसपा) का वडा कमिटी उपाध्यक्षसहित सयौं नेता तथा कार्यकर्ताहरू शनिबार औपचारिक रूपमा नेकपा एमालेमा प्रवेश गरेका छन्।
पार्टी प्रवेश कार्यक्रम पर्सा–१ का नेकपा एमाले उम्मेदवार तथा पूर्वमन्त्री प्रदीप यादवको प्रमुख आतिथ्यतामा सम्पन्न भएको हो। जसपाका वडा कमिटी उपाध्यक्ष कुर्बान खानको नेतृत्वमा अब्दुल रहमान अन्सारी, खलील अन्सारी, लाल खान, आजाद अन्सारी, सदरे आलम, सकिना खातुनलगायतका नेताकार्यकर्ताहरू एमालेमा समाहित भएका छन्।
कार्यक्रममा नवप्रवेशीहरूलाई उम्मेदवार यादवले अबिर–टीका लगाएर पार्टीमा स्वागत गर्दै एमालेको संगठन विस्तार मात्र नभई राजनीतिक भरोसाको केन्द्र बन्दै गएको स्पष्ट संकेत भएको बताए।
कार्यक्रमलाई सम्बोधन गर्दै पूर्वमन्त्री यादवले मधेसका मुद्दा, पहिचान र अधिकारको प्रभावकारी संरक्षण नेकपा एमालेबाट मात्र सम्भव भएको दाबी गरे। आफू मधेसको हक–अधिकार सुनिश्चित गर्ने उद्देश्यले एमालेको राजनीति रोजेको उल्लेख गर्दै उनले भावनात्मक नाराभन्दा परिणाम दिने शक्ति एमाले भएको बताए।
यादवले वर्तमान अवस्थामा राष्ट्र र राष्ट्रियता गम्भीर संकटमा परेको उल्लेख गर्दै देशलाई राजनीतिक स्थिरता, सुशासन र विकासको मार्गमा अघि बढाउन नेकपा एमालेको जित अपरिहार्य भएको बताए। उनले बलियो सरकार र निर्णायक नेतृत्व बिना मुलुकले निकास नपाउने स्पष्ट सन्देश पनि दिए।
कार्यक्रममा नेकपा एमालेका केन्द्रीय सदस्य निर्मला देवकोटा, पूर्व प्रदेशसभा सदस्य जन्नत अन्सारी, एमाले नेता सुन्दर कुर्मी लगायत नेताहरूको उल्लेखनीय उपस्थिति रहेको थियो।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *