बीरगन्ज, ६ चैत्र । बीरगन्ज महानगरपालिका वडा न. २७ मा वडा स्वास्थ्य चौकीको भवन निर्माण कार्य सुरु भएको छ । १ करोड ४२ लाख ८ हजार ५ सय ५४ रुपैयाँको लागतमा निर्माण हुन लागेको भवनको ठेक्का सिनाया कन्स्ट्रक्सनले लिएको छ ।
सम्झौता अनुसार भवन निर्माण कार्य २०८२ असार १५ गतेसम्म सम्पन्न गर्नुपर्ने जनाइएको छ ।
भवनको शिलान्यास बीरगन्ज महानगरपालिकाका मेयर राजेशमान सिंहले गरेका छन् । शिलान्यास कार्यक्रममा प्रमुख प्रशासकीय अधिकृत अरबिन्द लाल कर्णसहित स्थानीय युवा, बुद्धिजीवी तथा अन्य सरोकारवालाहरूको उपस्थिति रहेको थियो ।
स्वास्थ्य चौकी भवन निर्माणले स्थानीयवासीलाई स्वास्थ्य सेवामा थप सुविधा पुग्ने विश्वास गरिएको छ ।
प्रतिक्रिया