
श्रेणी : BANNER
1.6kViews
1254
Shares
वीरगन्ज,२९ चैत । वीरगन्ज महानगरपालिकाले नयाँ शैक्षिक क्यालेन्डर सार्वजनिक गर्दै २०८२ को शैक्षिक सत्रको गतिविधिहरू एकरूपतामा ल्याउने उद्देश्य राखेको छ। नयाँ क्यालेन्डरअनुसार, २३३ दिन विद्यालय खुल्नेछ र विद्यार्थी भर्ना, गर्मी र जाडो विदा, तथा मूल्याङ्कन कार्यक्रमहरू सबै एकसाथ समेटिएका छन्।
महानगर प्रमुख राजेशमान सिंहले उक्त क्यालेन्डर सार्वजनिक गर्दै शैक्षिक क्षेत्रको सुधारमा ध्यान केन्द्रित गर्न सबै विद्यालय सञ्चालकलाई अनुरोध गरे। कार्यक्रमका प्रमुख प्रशासकीय अधिकृत अरविन्द लाल कर्णले क्यालेन्डरका अनुरूप शैक्षिक गतिविधिहरू संचालन गर्नुपर्ने आवश्यकता औंल्याए।

प्रतिक्रिया