वीरगन्ज :

वीरगन्ज महानगरको राजस्व संकलनमा वृद्धि

श्रेणी : अर्थ

3 weeks
Pradeep Sah
2.7kViews
1189 Shares

बीरगन्ज,१३ चैत । वीरगन्ज महानगरपालिकाले चालु आर्थिक वर्षको आठ महिनामा ३३ करोड ५६ लाख ८७ हजार ७७८ रुपैयाँ राजस्व संकलन गरेको छ। यो अघिल्लो आर्थिक वर्षको सोही अवधिको तुलनामा ३६ लाख ४१ हजार १६१ रुपैयाँ बढी हो।

महानगरपालिकाका राजस्व महाशाखा प्रमुख मनोज कर्णका अनुसार, चालु आर्थिक वर्षको साउनदेखि फागुनसम्म महानगरले वार्षिक लक्ष्यको करिब ४० प्रतिशत राजस्व संकलन गरिसकेको छ।

सम्पत्ति करबापत १२ करोड ११ लाख ९७ हजार रुपैयाँ संकलन भएको छ भने पूर्वाधार सेवाको कर तथा उपभोग करबापत १ करोड ६८ लाख रुपैयाँ राजस्व उठाइएको छ।

राजस्व वृद्धिसँगै महानगरले पूर्वाधार विकास, नगर व्यवस्थापन तथा सेवा प्रवाहलाई थप प्रभावकारी बनाउने लक्ष्य लिएको छ। स्थानीय तहको आर्थिक सुदृढीकरणका लागि राजस्व संकलनमा भएको वृद्धि महत्वपूर्ण मानिएको छ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *