श्रेणी : अपराध
बीरगन्ज,२७ चैत । भारतबाट अबैध रूपमा नेपाल भित्र्याइएका झण्डै ८ लाख ७ हजार रुपैयाँ बराबरका सामान सशस्त्र प्रहरीले नियन्त्रणमा लिई बीरगन्ज भन्सार कार्यालयमा दाखिला गरेको छ।
सशस्त्र प्रहरी बल, पर्साको सीमा सुरक्षा गुल्म बीरगन्जबाट खटिएको टोलीले बीरगन्ज महानगरपालिका–१६ अन्तर्गतका विभिन्न नाकामा चेकजाँचका क्रममा ती सामान बरामद गरेको हो।
सार्वजनिक सवारी साधनहरूमा लुकाइछिपाई ल्याइएका किराना, कपडा, स्पोर्टस् जुत्ता र ना ३७ प ६३७० नम्बरको मोटरसाइकलसहितको सामग्री पक्राउ परेका छन्। सशस्त्र प्रहरी नायव उपरीक्षक तथा सूचना अधिकारी देवेन्द्र बहादुर सिंहका अनुसार उक्त सामानको मूल्य ६ लाख ६४ हजार ३४५ रुपैयाँ बराबर छ।
त्यसैगरी, अमरपट्टी, सिर्सिया र ड्राइपोर्ट नाकाबाट थप १ लाख ४३ हजार रुपैयाँ बराबरका अवैध सामान पनि नियन्त्रणमा लिइएको जनाइएको छ।
संपूर्ण सामानहरू आवश्यक कारबाहीका लागि वीरगन्ज भन्सार कार्यालयमा बुझाइएको सशस्त्र प्रहरीले जानकारी दिएको छ।

प्रतिक्रिया