वीरगन्ज,१८ फाल्गुन । मधेस प्रदेशकै सर्वाधिक धनराशि भएको दोस्रो वीरगन्ज गोल्डकप प्रतियोगितामा आज सहलेश फुटबल क्लब सिरहा र संकटा फुटबल क्लब काठमाडौँबिच खेल हुँदैछ । वीरगन्जको आर्दशनगर रंगशलामा आज दिउँसो २ः३० बजे सिरहा र काठमाडौँबिच प्रतिस्पर्धा हुने आयोजकले जनाएको छ ।
हिजो भएको उद्घाटन खेलमा वीरगन्ज युनाइटेड क्लबले १–० गोलअन्तरले गरवाल डाइमण्ड फुटबल क्लब दिल्लीलाई पराजित गरी विजयी सुरुवात गरेको छ ।
दोस्रो वीरगन्ज गोल्डकप प्रतियोगितामा विजेता टिमले नगद ११ लाख ११ हजार एक सय एघार रुपियाँ, ट्रफी, मेडल र प्रमाणपत्र र उपविजेता टिमले पाँच लाख ५५ हजार पाँच सय ५५ रुपियाँ नगद, ट्रफी, मेडल र प्रमाणपत्र पुरस्कार पाउने आयोजकले जनाएको छ जुन मधेस प्रदेशकै सर्वाधिक पुरस्कार रहेको दाबी गरिएको छ ।
प्रतिक्रिया