
श्रेणी : अर्थ
वीरगन्ज,१५ पुस । वीरगन्ज महानगरपालिका–२७ कुहडि टोलमा एक करोड रुपैयाँको लागतमा निर्माण हुन लागेको बाटोको शिलान्यास सम्पन्न भएको छ । शिलान्यास प्रतिनिधिसभा सदस्य (सांसद) निर्मला देवकोटाले एक समारोहका बिच गरेकी छन् ।
संसदीय कोष कार्यक्रमअन्तर्गत उक्त परियोजनाको शुभारम्भ गरिएको हो । कार्यक्रममा नेकपा एमालेका नेता तथा स्थानीय कार्यकर्ताहरूको उल्लेख्य उपस्थिति रहेको थियो ।
सांसद देवकोटाले कार्यक्रममा विकासका योजना सफलतापूर्वक सम्पन्न गर्न सबैको सहकार्य आवश्यक रहेको उल्लेख गर्दै स्थानीय स्तरमा पूर्वाधार विकासले समग्र क्षेत्रमा सकारात्मक प्रभाव पार्ने विश्वास व्यक्त गरिन ।
योजना सम्पन्न भएपछि कुहडि टोल र आसपासका बासिन्दाहरूलाई यातायातमा सहजता हुने र क्षेत्रको विकासमा योगदान पुग्ने अपेक्षा गरिएको छ ।

प्रतिक्रिया