वीरगन्ज :

वीरगन्जमा १५ लाख भन्दा बढीको अवैध सामान बरामद

श्रेणी : मधेस

4 months
Pradeep Sah
2.0kViews
1644 Shares

वीरगन्ज,०१ पुस । सशस्त्र प्रहरी बल, पर्साले अवैध रूपमा ल्याइँदै गरेको १५ लाख ३६ हजार ९ सय ३५ रुपैयाँ बराबरको सामान बरामद गरी भन्सारमा दाखिला गरेको छ ।

आइतबार सशस्त्र प्रहरी बल प्रभाग, प्रस्तावित सीमा सुरक्षा गुल्म वीरगञ्जबाट खटिएको टोलीले पर्साको विन्दवासिनी गाउँपालिका-१६ ईनर्वा लगायतका विभिन्न सीमा क्षेत्रहरूमा निगरानी गर्ने क्रममा उक्त सामान नियन्त्रणमा लिएको हो ।

बरामद सामानहरूमा किराना, कस्मेटिक, मोटर पार्ट्स, मोबाइल एसेसोरीज र कपडाजस्ता सामग्री समावेश छन् । सामग्रीहरू ना. ५३ प. ९३०६ नम्बरको मोटरसाइकल र विभिन्न यात्रुवाहक सार्वजनिक सवारी साधन प्रयोग गरी भारतबाट अवैध तरिकाले नेपालतर्फ भन्सार छली ल्याइँदै गरेका थिए ।

सशस्त्र प्रहरीका अनुसार, बरामद सामानको मूल्य १३ लाख ३६ हजार ९ सय ३५ रुपैयाँ रहेको छ । साथमा पक्राउ गरिएको मोटरसाइकलको भन्सार मूल्याङ्कन दुई लाख रुपैयाँ गरिएको छ ।

नियन्त्रणमा लिइएको सामान र सवारी साधनलाई आवश्यक कानुनी प्रक्रिया पूरा गर्न वीरगञ्ज भन्सार कार्यालय पर्सामा बुझाइएको सशस्त्र प्रहरी नायब उपरीक्षक एवम् सूचना अधिकारी विष्णु हरि घिमिरेले जानकारी दिएका छन् ।

सशस्त्र प्रहरी बलले सीमा क्षेत्रहरूमा सुरक्षा निगरानीलाई थप कडा बनाउँदै अवैध व्यापार र भन्सार छली कार्य रोकथाममा प्रभावकारी भूमिका निर्वाह गरिरहेको छ । हालसालै पर्सा जिल्लाका विभिन्न ठाउँमा सशस्त्र प्रहरीको सक्रियताले यस्ता धेरै गतिविधिहरू नियन्त्रणमा आएका छन् ।

कारबाहीले सीमा क्षेत्रको सुरक्षा व्यवस्थापनमा थप विश्वास बढेको छ भने अवैध आयात–निर्यात रोक्न सशस्त्र प्रहरी बलको प्रतिबद्धता झल्किएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *