
श्रेणी : BANNER
वीरगन्ज,१८ भदौ । वीरगन्जमा हैजाको संक्रमण अझै नियन्त्रणमा आउन सकेको छैन। बुधबार बिहान १० बजेसम्मको पछिल्लो तथ्यांकअनुसार, एकै दिन थप ३१ जना नयाँ बिरामी थपिएका छन्।
हालसम्म कूल ९६५ जना हैजाका बिरामी दर्ता भएका छन्, जसमध्ये ८६५ जना उपचारपछि डिस्चार्ज भइसकेका छन्। अहिले पनि अस्पतालमा उपचार गराइरहेका बिरामीको संख्या १०० रहेको छ। स्वास्थ्य कार्यालय पर्साले दिएको जानकारीअनुसार, १४ जना बिरामीको आईसियू (ICU) मा, २ जनाको एचडीयू (HDU) मा र ८४ जनाको जेनेरल वार्डमा उपचार भइरहेको छ।
संक्रमण बढ्दै गएकाले अस्पतालहरूमा बिरामीको चाप बढेको छ। स्वास्थ्यकर्मीहरूले दूषित पानीको प्रयोग र सरसफाइमा ध्यान नदिएसम्म संक्रमण फैलिन सक्ने चेतावनी दिएका छन्। स्थानीय सरकार र स्वास्थ्य निकायले संक्रमण नियन्त्रणका लागि विभिन्न उपायहरू अपनाइरहेको भए पनि जनचेतनाको अभाव र दूषित खानेपानीको समस्याले चुनौती थपेको छ।


प्रतिक्रिया