वीरगन्ज :

वीरगन्जमा साउथ सिटी हिमाल हस्पिटलद्वारा नव आगन्तुक विद्यार्थीहरूको भव्य स्वागत

श्रेणी : मधेस

7 months
Pradeep Sah
2.5kViews
1779 Shares

वीरगन्ज,१८ फाल्गुन । साउथ सिटी हिमाल हस्पिटल प्रालि र द हिमाल इन्स्टिच्युट अफ हेल्थ एन्ड टेक्निकल साइन्स प्रालिले वीरगन्जमा एक भव्य समारोहबिच दोस्रो वर्षमा अध्ययनरत विद्यार्थीहरूद्वारा प्रथम वर्षमा भर्ना भएका नव आगन्तुक विद्यार्थीहरूलाई स्वागत गर्ने कार्यक्रम सम्पन्न गरेको छ ।

शनिवार आयोजित कार्यक्रममा स्वास्थ्य तथा प्राविधिक शिक्षाको क्षेत्रमा अध्ययनरत विद्यार्थीहरूको उज्ज्वल भविष्यको कामना गर्दै विभिन्न विशिष्ट व्यक्तित्वहरूको उपस्थिति रहेको थियो ।

कार्यक्रममा संस्थाका दोस्रो वर्षमा अध्ययनरत सामान्य चिकित्सा, ल्याब टेक्निसियन र रेडियोग्राफीका विद्यार्थीहरूले प्रथम वर्षमा भर्ना भएका नर्सिङ, सामान्य चिकित्सा, फार्मेसी, ल्याब टेक्निसियन र रेडियोग्राफीका विद्यार्थीहरूलाई स्वागत गरेका थिए ।

स्वागत कार्यक्रमले नव आगन्तुक विद्यार्थीहरूलाई प्रोत्साहन प्रदान गर्नुका साथै संस्थाको शैक्षिक वातावरणमा एकताको सन्देश प्रवाह गरेको छ ।

कार्यक्रममा दोस्रो वर्षका विद्यार्थीहरूले प्रथम वर्षका विद्यार्थीहरूलाई स्वागत गरेका थिए । सो अवसरमा नव आगन्तुक छात्र/छात्राहरूलाई फूलमाला, खादा र शुभकामना सन्देशहरू प्रदान गरिएको थियो ।

संस्थाले प्रथम वर्षका विद्यार्थीहरूलाई उज्ज्वल भविष्यको शुभकामना व्यक्त गर्दै स्वास्थ्य र प्राविधिक क्षेत्रमा उत्कृष्ट योगदान पुर्‍याउने प्रेरणा दिएको छ ।

कार्यक्रमको सभापतित्व संस्थाका प्रबन्ध निर्देशक नरेश प्रसाद यादवले गरेका थिए । प्रमुख अतिथिको रूपमा पूर्व राष्ट्रपति विद्या भण्डारीका राजनीतिक सल्लाहकार, संविधान सभा सदस्य तथा संस्थाका अध्यक्ष लाल बाबु प्रसाद यादव उपस्थित थिए । त्यस्तै, विशिष्ट अतिथिहरूमा पूर्व सांसद तथा संविधान सभा सदस्य सरला यादव र विद्या यादवको उपस्थिति रहेको थियो ।

कार्यक्रममा संस्थाका प्रिन्सिपल तथा हिमाल हस्पिटलका मेडिकल डाइरेक्टर डा. सन्देश कुमार यादवले नव आगन्तुक विद्यार्थीहरूलाई स्वास्थ्य क्षेत्रमा आउने चुनौती र अवसरहरूको बारेमा प्रेरणादायी मन्तव्य दिएका थिए ।

साउथ सिटी हिमाल हस्पिटल र द हिमाल इन्स्टिच्युट अफ हेल्थ एन्ड टेक्निकल साइन्सले स्वास्थ्य शिक्षा र सेवाको क्षेत्रमा महत्त्वपूर्ण योगदान पुर्‍याउँदै आएको छ । कार्यक्रममा नर्सिङ प्रिन्सिपल, नर्सिङ शिक्षिका, सामान्य चिकित्साको संयोजक, ल्याब टेक्निसियन कार्यक्रमको संयोजक, फार्मेसी कार्यक्रमको संयोजक, रेडियोग्राफी कार्यक्रमको संयोजक, प्रशिक्षकहरू, कलेज तथा अस्पतालका प्रशासनिक कर्मचारीहरू र मेडिकल स्टाफहरूको उल्लेखनीय सहभागिता रहेको थियो ।

उनीहरू सबैले नव आगन्तुक विद्यार्थीहरूलाई स्वागत गर्दै उनीहरूको शैक्षिक यात्रामा सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरे ।

कार्यक्रमको समापनमा प्रबन्ध निर्देशक नरेश प्रसाद यादवले सबै सहभागीहरूलाई धन्यवाद ज्ञापन गर्दै विद्यार्थीहरूलाई मेहनत र लगनशीलताका साथ आफ्नो लक्ष्य प्राप्त गर्न प्रोत्साहित गरे । स्वागत कार्यक्रमले विद्यार्थीहरूबिच आपसी सद्भाव र सहयोगको भावनालाई प्रोत्साहन गरेको आयोजकको भनाइ छ ।

संस्थाले आगामी दिनमा पनि यस्ता कार्यक्रमहरू मार्फत शैक्षिक र सामाजिक गतिविधिलाई निरन्तरता दिने प्रतिबद्धता जनाएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *