वीरगन्ज :

वीरगन्जमा “सनलाइत टी २० क्रिकेट इन्टर स्कुल नकआउट प्रतियोगिता” सूरु

श्रेणी : खेलकुद

1 year
Pradeep Sah
2.5kViews
1938 Shares

वीरगन्ज, २८ माघ । वीरगन्जमा “सनलाइत टी २० क्रिकेट इन्टर स्कुल नकआउट क्रिकेट प्रतियोगिता” सूरु भएको छ । वीरगन्ज महानगरपालिका वाड नम्बर १६ नगवास्थित सनलाइट स्कुलको आयोजनामा प्रतियोगिता” सुरु भएको हो ।

राम्रो विद्यार्थीलाई छात्रावृत्ति प्रदान गरी खेलाडीको मनोबल बढाउने उदेश्यले प्रतियोगिता सुरु गरिएको सनलाइट मावि का प्रधानाध्यापक आलोक sकुमार चौरसियाले जानकारी दिए ।

फागुन ४ गतेसम्म सञ्चालन हुने यस प्रतियोगितामा वीरगन्जका विभिन्न विद्यालयहरूको सहभागिता रहनेछ । सनलाइट स्कुलका चौरसियाका अनुसार, प्रतियोगिता नकआउट आधारमा हुनेछ भने सम्पूर्ण खेलहरू वीरगन्ज स्थित नारायणी क्रिकेट रङ्गशालामा आयोजना गरिनेछन् ।

आज प्रतियोगिताको उद्घाटन खेल मनोकामना स्कुल र ज्ञानदा एकेडेमीबिच हुने बताउँदै चौरसियाले दुवै टिमहरूलाई जितको शुभकामना पनि दिए ।

प्रतियोगितामा सहभागी विद्यालयहरूमा माउन्ट मकालु स्कुल, एसआर ग्यालेक्सी, मिनील्यान्ड स्कुल, जीवन ज्योति स्कुल, मनोकामना स्कुल, ज्ञानदा एकेडेमी, चिल्ड्रेन वर्ल्ड स्कुल, मालिनी एकेडेमी, सनलाइट स्कुल, गौतम स्कुल, ज्ञान ज्योति स्कुल, लिटिल एन्जल्स स्कुल, ओम नेशनल एकेडेमी र वीरगञ्ज एकेडेमी गरी कुल १४ विद्यालय रहेका छन् ।

प्रतियोगिता संयोजक अमित आलोकका अनुसार, प्रतियोगिता चार समूहमा विभाजन गरिनेछ । लिग चरणका प्रतिस्पर्धापछि फाइनल खेल फागुन ४ गते दिउँसो १ बजे नारायणी क्रिकेट रङ्गशालामा आयोजना गरिनेछ ।

विजेता टिमलाई आकर्षक ट्रफी तथा पुरस्कार प्रदान गरिने आलोकले बताए ।

कक्षा दश सम्मका विद्यार्थीहरुलाई सहभागि गराईने भए पनि यतिबेला कक्षा १२ सम्मका विद्यार्थीहरु सहभागी हुन आउने गरेको बताउँदै चौरसियाले भने “क्याम्पसहरुसँगको सहकार्यमा प्रतियोगिता गराईने र अभिभावकहरुसँग मेडिकल इन्जिनियर अथवा सरकारी जागीर मात्रै सबैथोक होइन खेल क्षेत्रमा पनि राम्रो, उत्कृष्ट खेलाडी उत्पादन गर्न सकियो भने देशमा मात्र नभएर अन्तराष्ट्रिय स्तरमा पनि राम्रो ख्याती कमाृन सक्ने र आयआर्जन समेत गर्न सक्ने भएकाले खेल क्षेत्रलाई स्कूलबाट नै सुरुवात गर्न आवश्यक रहेको अनुभव गरी यो कपको आयोजना गरिएको हो ।”

प्रतियोगिताका खेलहरू उत्कृष्ट व्यवस्थापनका साथ खेलाइने आयोजक टिमले जनाएको छ । खेलाडीहरूको सुविधाका लागि उचित व्यवस्थापन, मेडिकल सुविधा तथा अनुशासन पालनाको विशेष ध्यान दिइएको छ ।

वीरगन्जलाई स्पेसल हब बनाउन पनि खेल क्षेत्रको महत्वपूर्ण भूमिका रहने चैरसियाले विश्वास व्यत्त गरेका छन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *