वीरगन्ज :

वीरगन्जमा श्री पशुपति आदर्श क्लब भवनको भव्य उद्घाटन सम्पन्न

श्रेणी : मधेस

2 weeks
Pradeep Sah
2.7kViews
1721 Shares

बीरगन्ज,०३ जेठ । बीरगन्ज महानगरपालिका–१० स्थित आदर्शनगरमा नव निर्मित श्री पशुपति आदर्श क्लब भवनको एक विशेष समारोहका बीच भव्य उद्घाटन सम्पन्न भएको छ। बीरगन्ज महानगरपालिकाका नगर प्रमुख राजेश मान सिंहको करकमलद्वारा उद्घाटन गरिएको उक्त कार्यक्रम क्लबको संस्थागत विकास र समुदायमुखी गतिविधिहरूको दिशामा एक महत्वपूर्ण उपलब्धिका रूपमा हेरिएको छ।

उद्घाटन समारोह क्लबका अध्यक्ष श्री सन्तोष गुप्ताको अध्यक्षतामा सम्पन्न भएको थियो। नगर प्रमुख सिंह प्रमुख अतिथि थिए भने विशेष अतिथिको रूपमा वडा नं. ३ का वडा अध्यक्ष श्री बैजुलाल स्वर्णकार, वडा नं. १० का वडा अध्यक्ष श्री सुशील साह कानु तथा महानगरको सरसफाइ विभाग प्रमुख सर्फुदिन मिया एवं सामाजिक अभियन्ता सन्तोष खनालको उपस्थिति रहेको थियो।

कार्यक्रममा बोल्दै नगर प्रमुख सिंहले स्थानीय युवाहरूको सक्रियता र क्लबद्वारा विभिन्न सामाजिक, शैक्षिक तथा सांस्कृतिक गतिविधिमा पुर्‍याइएको योगदानको प्रशंसा गरे। उनले भने, “यस किसिमका क्लबहरू स्थानीय तहमा नेतृत्व विकास, समाज सेवामा अग्रसरता र आपसी एकता सुदृढ गर्ने थलो हुन्। महानगरपालिकाले यस्ता सकारात्मक पहलहरूलाई निरन्तर प्रोत्साहन गर्नेछ।”

क्लब अध्यक्ष सन्तोष गुप्ताले क्लबको स्थापना, उद्देश्य र भावी योजनाबारे जानकारी दिँदै समुदायको समुन्नत विकासमा क्लबको भूमिका अझ सशक्त बनाउने प्रतिबद्धता जनाए। उनले क्लब भवन निर्माणमा सहयोग गर्ने सम्पूर्ण दाताहरू, महानगरपालिका, स्थानीय जनप्रतिनिधि र सदस्यप्रति आभार व्यक्त गरे।

उक्त कार्यक्रममा क्लबका पदाधिकारी, सदस्यहरू, स्थानीय समाजसेवी, बुद्धिजीवी, पत्रकार तथा स्थानीय बासिन्दाहरूको उल्लेखनीय उपस्थिति थियो। सांस्कृतिक कार्यक्रम, स्वागत मन्तव्य, सम्मान आदान–प्रदान र क्लबका गतिविधिको झलक प्रस्तुत गरिएको फोटो प्रदर्शनीले कार्यक्रमलाई थप आकर्षक बनाएको थियो।

नव निर्मित क्लब भवन मार्फत युवामुखी कार्यक्रम, सामाजिक सेवा, शिक्षा, खेलकुद, स्वास्थजस्ता विविध क्षेत्रमा क्रियाशीलता बढाउँदै लैजाने योजना क्लबले अघि सारेको छ। यस भवनको निर्माणले स्थानीय स्तरमा सामाजिक एकता र समृद्धि अभिमुखी क्रियाकलापलाई थप गति दिने विश्वास लिइएको छ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *