२०८२ बैशाख ७, आइतबार

वीरगन्ज :
०८:०३:४१

वीरगन्जमा लागूऔषध कारोबारको ठूला गिरोहको पर्दाफास, करोडौँको सम्पत्ति नियन्त्रणमा

श्रेणी : अपराध

3 months
Pradeep Sah
2.1kViews
1339 Shares

वीरगन्ज,१६ माघ । नेपाल प्रहरीको लागूऔषध नियन्त्रण ब्युरोले भारतबाट नेपालसम्म लागूऔषध तस्करीमा संलग्न गिरोहलाई पर्दाफास गर्दै करिब १० करोड रुपैयाँ बराबरको सम्पत्ति नियन्त्रणमा लिएको छ। बारा परवानीपुर गाउँपालिका–३ निवासी प्रदीप सर्राफसहित अन्य व्यक्तिहरूलाई पक्राउ गरी मुद्दा दायर गरिएको हो।

गत असोज २ गते सर्राफलाई ट्रामाडोल क्याप्सुलसहित पक्राउ गरिएको थियो। अनुसन्धानमा उनी गिरोहको मुख्य कारोबारी रहेको र अवैध कारोबारबाट अकुत सम्पत्ति आर्जन गरेको खुलेको छ। लागूऔषध ब्युरोले मंसिरमा सर्राफविरुद्ध सम्पत्ति शुद्धीकरणको मुद्दा दायर गर्दै १० करोड ८६ हजार पाँच सय ८० रुपैयाँ बिगो कायम गरेको छ।

नेपाल प्रहरी प्रवक्ता डिआइजी दिनेश आचार्यका अनुसार लागूऔषध नियन्त्रण ब्युरोको ३२ वर्षे इतिहासमा पहिलोपटक सम्पत्ति शुद्धीकरणसमेत खोजेर मुद्दा दायर गरिएको हो। प्रहरीका अनुसार सर्राफको घर, जग्गा तथा बैंक खाताका सम्पत्ति जफत गर्न माग गरिएको छ।

यस गिरोहमा झापाकी सम्झना रोक्का, पर्वतका बालकृष्ण अधिकारी र बारा निवासी मनमोहन श्रेष्ठ पनि संलग्न रहेको अनुसन्धानले देखाएको छ। उनीहरूलाई पनि सम्पत्ति शुद्धीकरण ऐनअन्तर्गत मुद्दा दायर गरिएको छ। सम्झना रोक्काविरुद्ध १ करोड ७२ लाख ५९ हजार, मनमोहन श्रेष्ठविरुद्ध १ करोड ५९ लाख सात हजार र बालकृष्ण अधिकारीविरुद्ध २५ लाख ४३ हजार बिगो कायम गरिएको छ।

ब्युरोले १ लाख ८० हजारभन्दा बढी ट्रामाडोल क्याप्सुल बरामद गरेको छ। श्रीबहादुर राई, विपिनकुमार महतो, सम्झना रोक्का, बालकृष्ण अधिकारी, प्रदीप सर्राफ र मनमोहन श्रेष्ठलाई विभिन्न स्थानबाट पक्राउ गरिएको हो।

पक्राउ परेका व्यक्तिहरूमाथि लागूऔषध नियन्त्रण ऐन २०३३ बमोजिम जिल्ला अदालतबाट म्याद थप गरी अनुसन्धान भइरहेको ब्युरोले जनाएको छ। प्रहरीको यो कदमले लागूऔषध तस्करीविरुद्धको अभियानमा ठूलो प्रगति भएको विश्वास व्यक्त गरिएको छ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *