श्रेणी : अन्तर्राष्ट्रिय
वीरगन्ज, १७ माघ । वीरगन्जस्थित होटल भिस्वामा नेपाल कमर्स एसोसिएसन (NCA) को प्रथम अन्तर्राष्ट्रिय सम्मेलन सुरु भएको छ । सम्मेलनको उद्घाटन भारतीय कमर्स एसोसिएसनका उपाध्यक्ष तथा पूर्वाञ्चल विश्वविद्यालय जौनपुर, उत्तर प्रदेशका हेड मानस पाण्डेले गरेका हुन् ।
एनसीएका अध्यक्ष डा. दीपेन्द्र कुमार चौधरीका अनुसार वाणिज्य र व्यावस्थापनका क्षेत्रमा अध्ययन, अनुसन्धान, र सम्भाव्यता पहिचान गर्दै नेपालको आर्थिक भविष्य खोज्ने उद्देश्यले यो सम्मेलन विशेष महत्त्व राख्दछ ।
उद्घाटन सत्रमा राजर्षी जनक विश्वविद्यालयका डिन डा. विनोद साह, महेन्द्र बहुमुखी क्याम्पसका अनुसन्धान समिति प्रमुख प्रा. अशोक झा, नेपाल कमर्स क्याम्पसका सह-अध्यक्ष डा. सुरेन्द्र महतो, नेपाल पत्रकार महासंघ पर्साका अध्यक्ष ओमप्रकाश खनाल, नेपाल उद्योग वाणिज्य संघका अध्यक्ष अनिल अग्रवाल, वरिष्ठ उपाध्यक्ष हरि गौतम लगायतले मन्तव्य व्यक्त गरेका थिए ।
कार्यक्रमको दोस्रो सत्रमा २१ विभिन्न विषय र क्षेत्रका कार्यपत्र प्रस्तुत गरिने आयोजकले जनाएको छ ।
प्रतिक्रिया