श्रेणी : मधेस
वीरगन्ज, ११ पुस । वीरगन्जमा ट्रक र मोटरसाइकल एकआपसमा ठक्कर खाँदा एक जनाको मृत्यु भएको छ । महानगरपालिका– २५ ड्राईपोर्ट बहुअरी चोकमा ट्रक र मोटरसाईल एकआपसमा ठक्कर खाई दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ भने एक जना घाईते भएका छन् । मृत्यु हुनेमा बारा जिल्ला सुवर्ण गाउँपालिका निवासी १४ वर्षिय राज मिश्रा छन्र।
नम्बर नखुलेको भारतिय नम्बरको ट्रकको ठक्करबाट ना २५ प ९०९१ मोटरसाईकलमा सवार १४ वर्षिय राज मिश्राको मृत्यु भएको छ भने मोटरसाईकल चालक कलैया ६ निवासी सन्दीप पाण्डेय समान्य घाईते भएका छन् । ।
काम विशेषले उनीहरु वीरगन्जको श्रीसिया गएको खबर प्राप्त भएको छ । घर फर्किने क्रममा गएराति ८ः२० बजे उनीहरु दुर्घटनामा परेको प्रहरीले जनाएको छ ।
प्रत्यक्षदर्शीहरूका अनुसार तीव्र गतिमा रहेको भारतिय नम्बर प्लेटको ट्रकले मोटरसाइकललाई ठक्कर दिएर भागेको छ । प्रहरीले यस दुर्घटनाको अनुसन्धान थालेको छ ।
स्थानियले ट्रक र ट्रक चालकलाई पक्राउ गरी कारावाही गर्न घटनास्थलमा आज विहान जम्मा भएर प्रहरीलाई दबाब सृजना गरेका छन् । विवरण संकलन तथा ट्रक र ट्रक चालकको खोजी कार्यमा प्रहरी टोली जुटिसकेको जिल्ला प्रहरी कार्यालय पर्साका डिएसपी किशोर लम्सालले जानकारी दिए । ।
घाईते पाण्डेयलाई उपचारपछि जिल्ला प्रहरी कार्यालय पर्साको हिरासतमा राखेर सोधपुछ भईरहेको लम्सालले जानकारी दिए ।
प्रतिक्रिया