वीरगन्ज :

वीरगन्जमा झडपपछि रात्रि बजार मेला स्थगित

श्रेणी : मधेस

3 months
Pradeep Sah
2.9kViews
1668 Shares

वीरगन्ज,३१ चैत । हनुमान जयन्तीको अवसरमा शनिवार वीरगन्जमा आयोजित शोभा यात्राका क्रममा भएको झडपका कारण सहरभरि लगाइएको कर्फ्यु र असहज परिस्थितिका कारण वीरगन्ज महानगरपालिका र ग्रनसिटी सामुदायिकद्वारा संयुक्त रूपमा आयोजना गरिएको तिन दिने रात्रि बजार मेला स्थगित गरिएको छ ।

ग्रनसिटी सामुदायिकका अध्यक्ष जयप्रकाश खेतानले जानकारी दिँदै चैत २९, ३० र ३१ गतेका लागि तय गरिएको रात्रि बजार मेला हाललाई स्थगित गरिएको बताए ।

उनले पछिल्लो समय वीरगन्जमा उत्पन्न असहज र संवेदनशील परिस्थितिलाई ध्यानमा राख्दै सर्वसाधारणको सुरक्षालाई पहिलो प्राथमिकता दिँदै मेला स्थगित गरिएको स्पष्ट पारे ।

अध्यक्ष खेतानले मेलामा निरन्तर साथ, सहयोग र उत्साहपूर्वक सहभागी हुँदै आएका सम्पूर्ण आयोजक, प्रायोजक तथा स्टल सञ्चालनकर्ताहरूलाई हार्दिक धन्यवाद व्यक्त गरेका छन् । साथै, परिस्थिति सहज भएसँगै मेलालाई नयाँ ऊर्जा र उत्साहका साथ पुनः आयोजना गरिने प्रतिबद्धता पनि व्यक्त गरेका छन् ।

“हामी तपाईँहरूको धैर्यता र समझदारीको सम्मान गर्दछौँ । वीरगञ्जको सामूहिक उत्साह र मेलालाई यथाशीघ्र पुनः आयोजना गर्ने हाम्रो प्रतिबद्धता रहनेछ,” अध्यक्ष खेतानले भने ।

यसका साथै आयोजक समितिले सबै स्टल सञ्चालनकर्ताहरूलाई आफ्नो सामग्री सुरक्षित रूपमा फिर्ता लैजान र थप जानकारी वा समन्वयका लागि आयोजक टिमसँग सम्पर्क गर्न अनुरोध समेत गरेको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *