वीरगन्ज :

वीरगन्जमा जय दुर्गा क्यारियर गोदाममा छापामारी

श्रेणी : अपराध

1 week
Pradeep Sah
2.5kViews
1910 Shares

वीरगन्ज,१४ माघ । सशस्त्र प्रहरी बल पर्साले सोमबार बिहान विशेष सूचनाका आधारमा छापामारी गर्दै भन्सार छली ल्याइएका विभिन्न कपडा र हार्डवेयरका सामान बरामद गरेको छ। वीरगन्ज महानगरपालिका-१०, आदर्शनगरस्थित जय दुर्गा रोड क्यारियरको गोदाममा सशस्त्र प्रहरी टोलीले छापा मारेको हो।

सशस्त्र प्रहरी बल पर्साको प्रस्तावित सीमा सुरक्षा गुल्म वीरगन्जका नायब उपरीक्षक लोकेन्द्र सुब्बाको नेतृत्वमा गरिएको उक्त छापामारीमा ठूलो परिमाणमा कपडा र हार्डवेयर सामग्री फेला परेको गुल्मले जनाएको छ।

सशस्त्र प्रहरीका अनुसार बरामद गरिएको सामानको मूल्याङ्कन प्रक्रिया जारी रहेको छ। कपडाको वास्तविक मूल्याङ्कन र स्रोतको पहिचानका लागि थप अनुसन्धान भइरहेको जानकारी पनि प्राप्त भएको छ।

बरामद सामानलाई आवश्यक कानुनी कारबाहीका लागि भन्सार कार्यालयमा बुझाउने तयारी भइरहेको नायब उपरीक्षक सुब्बाले बताए। यस घटनासम्बन्धी थप जानकारी अनुसन्धानपछि सार्वजनिक गरिने सशस्त्र प्रहरी बल पर्साले जनाएको छ।

सशस्त्र प्रहरीको सक्रियता र सूचनाको प्रभावकारी कार्यान्वयनले सीमा क्षेत्रमा हुने गैरकानुनी क्रियाकलाप नियन्त्रणमा सकारात्मक प्रभाव पारेको स्थानीयबासीले बताएका छन्।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *