श्रेणी : मधेस
वीरगन्ज, पर्सा
वीरगन्जमा चैत ३० गते बैसाख १ र २ गते गरि(३)तिन दिन रात्रि बजार लागने भएको छ।
भारतबाट नेपाल प्रवेश गर्ने वीरगन्ज स्थित मुख्य नाका तीन दिनका लागि २४ सै घण्टा खुल्ने भएको छ ।नयाँ वर्षको स्वागतमा वीरगन्ज महानगरपालिकाले वीरगन्जमा पहिलो पटक सन्चालन गर्न लागेको “रात्री बजार” का लागि चैत ३० देखि बैशाख २ गते सम्म वीरगन्ज नाका २४सै घण्टा खुल्ला रहने भएको हो ।
सामान्यतया वीरगन्ज नाका , राति १० बजेपछ् िबहान ५ बजेसम्म नेपाल र भारत दुवैतर्फबाट बन्द रहने गरेको छ ।
तर भारतीय पर्यटकहरुलाई लक्षित गरि महानगरपालिकाले नयाँ वर्षमा वीरगन्जमा सन्चालन गर्न लागेको “रात्री बजार” का लागि वीरगन्ज नाका २४ सैं घण्टा खुल्ला रहने मेयर राजेशमान सिंहले बताए ।
सोमबार “रात्री बजार” को तयारी बारे जानकारी दिन आयोजित पत्रकार सम्मेलनमा मेयर सिंहले “रात्री बजार” लाग्ने तीन दिन सम्म नाका २४ सै घण्टा खुल्ला राख्नका लागि नेपाल र भारत दुवै देशका सीमावर्ती सुरक्षा निकायसंग महानगरले सहमति गरिसकेको बताए ।
केहि वर्ष यस्ता सुस्त भएको वीरगन्जका पसलहरु राति ९ बज्दै सुरक्षाकर्मीले बन्द गराउदै आएका कारण झनै थलिएको यहाको व्यवपार व्यवसायलाई चलायमान बनाउने उदेश्यले वीरगन्ज महानगरले पहिलो पटक “रात्री बजार” सन्चालन गर्न लागेको पनि उनले बताए ।
मेयर सिंहले भने,‘ हामीले परिक्षणका रुपमा अहिले तीन दिनका लागि मात्र “रात्री बजार” लगाउदैछौं , यसबाट राम्रो प्रतिक्रिया आयो भने सधैंका लागि वीरगन्जको बजार रातभर सन्चालन गर्ने सोचमा छौं ।अहिले तीन दिनका लागि मात्र सन्चालन गरिने “रात्री बजार” ले आन्तरिक तथा बाह्य पर्यटकलाई आकर्षित गर्नुका साथै रातमा पनि किनमेल गर्ने चलनको विकास हुने अपेक्षा लिएको मेयर सिंहले बताए ।
यसका साथै यहाका व्यपारीलाई रातिको समयमा पनि सुरक्षित वातावरणमा व्यपार व्यवसाय गर्न सक्ने वातावरण बनाउनका लागि “रात्री बजार” सन्चालनको अवधरणा ल्याएको उनले बताए ।मेयर सिंहले भने,‘ वीरगन्जलाई पर्यटकीय हब बनाउने योजनाका साथ महानगरले विभिन्न कामहरु गरिरहेको छ , भारतबाट आउने पर्यटकहरु कम्तिमा पनि दुइ तीन दिन वीरगन्जमा बास बसुन् भन्ने उदेश्यले काम गरिरहेका छौं ।
सिंहका अनुसार , तीन दिन सम्म सन्चालन हुने “रात्री बजार” मा आदर्शनगर चोकदेखि कैलाश होटल चोक हुदै पुरानो बसपार्क र चिल्ड्रेन पार्क सम्मको सडकमा खानाका परिकार , लत्ताकपडा , जुत्ताचपल लगायतका गरि १ सय भन्दा बढि स्टलहरु राखिनेछ । यसका साथै विभिन्न समुदायका झाँकी र संस्कृति झल्किने सांस्कृतिक प्रस्तुतीले पनि “रात्री बजार” लाई झनै आकर्षक बनाउने “रात्री बजार” व्यवस्थापन समितिका संयोजक जयप्रकाश खेतानले पत्रकार सम्मेलनमा जानकारी गराए ।
वीरगंज महानगर का उप मेयर इम्तियाज आलमले भने वीरगंज नेपाल कै आर्थिक राजधानी को रुपमा स्थापित भएको हुनाले रात्रि बजार को आवश्यकता रहेको ले वीरगंज लाइ पनि रात्रि बजार मै बनाउन लागेको जानकारी गराएका थिए।रात्रि बजार ले वीरगंज सहर को उन्नति प्रगति हुने र वीरगंजमा व्यवसायिक कारोबारिहरुको पनि प्रगति हुने बताए।
मेयर सिंहको प्रमुख आतिथ्यतामा भएको पत्रकार सम्मेलनमा उपमेयर इम्तियाज आलम, प्रमुख प्रशासकिय अधिकृत लक्ष्मी प्रसाद पौडेल, मेयसर सिंहका प्रेस सल्लाहकार महेश दास , आमसन्चार प्रबर्धन समितिका संयोजक ध्रुब अधिकारी , मेयर सिंहका स्वकीय सचिव सत्यराज घिमिरे , जनसम्पर्क सल्लाहकार नवराज फुयाँल लगायतको पनि उपस्थिती थियो ।
प्रतिक्रिया