वीरगन्ज :

वीरगन्जमा चार्जिङ स्टेशनमा भीषण आगलागी

श्रेणी : मधेस

1 month
Pradeep Sah
1.9kViews
1878 Shares

वीरगन्ज, २१ माघ । वीरगन्ज महानगरपालिका वडा नम्बर १५ भेडियाईस्थित एक चार्जिङ स्टेशनमा आगलागी भएको छ ।

वीरगन्ज महानगरपालिका वडा नम्बर १५ भेडियाईस्थित विकास साह सोनारद्वारा सञ्चालित चार्जिङ स्टेशनमा आगलागी भएको हाे । आगलागीबाट चार्जिङ स्टेशन र पाँचवटा अटो रिक्सासहित करिब २५ लाख रुपैयाँको क्षति भएको जनाईएको छ ।

चार्जिङ स्टेशनका सञ्चालक सोनारका अनुसार आगो सुरुमा चार्जमा रहेको एएटा अटो रिक्साबाट लागेको थियो। आगो फैलिँदै जाँदा अन्य चार वटा अटो रिक्सासहित स्टेशन पूर्ण रूपमा जलेर नष्ट भएको उनले बताए ।

आगलागीबाट क्षति पुगेका सबै अटो रिक्साहरू आफ्नै भएको सोनारले जानकारी दिएका छन् ।

घटनाबारे थप अनुसन्धान भइरहेको भिष्वा प्रहरी बीटका असई शिवरत्न महतोले जानकारी दिए ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *