वीरगन्ज :

वीरगन्जमा क्रिकेटको विकास र प्रवर्द्धनको लागि नगरप्रमुख सिंह र पारस खड्काबीच विशेष छलफल

श्रेणी : खेलकुद

6 months
Pradeep Sah
2.3kViews
1128 Shares

वीरगन्ज, २२ पुस । वीरगन्ज महानगरपालिकाका नगर प्रमुख राजेशमान सिंह र नेपाल क्रिकेटका पूर्व कप्तान पारस खड्काबीच क्रिकेटको विकास र प्रवर्द्धनका बारेमा विशेष छलफल भएको छ।

आज वीरगन्ज महानगरको कार्यकक्षमा भएको छलफलमा नगर प्रमुख सिंहले खेलकुदको पूर्वाधार निर्माण र क्रिकेट गतिविधिहरूको प्रवर्द्धनमा महानगरले पूर्ण सहयोग गर्ने प्रतिबद्धता जनाएका छन्। उनले खड्कालाई मायाको चिनो र खादा ओढाएर सम्मान गर्दै, क्रिकेटको विकासका लागि सँगै काम गर्ने तिनीहरूको इच्छा व्यक्त गरे।

कार्यक्रममा वीरगन्ज महानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत अरविन्दलाल कर्ण, पर्सा क्रिकेट सङ्घका अध्यक्ष मनिष सिंह, वीरगञ्ज-६ का वडाध्यक्ष प्रदीप चौरसिया र अन्य विशिष्ट अतिथिहरूको उपस्थिति रहेको थियो।

पूर्व कप्तान पारस खड्काले वीरगन्जलाई क्रिकेटको केन्द्र (हब) बनाउनका लागि विभिन्न योजनाहरू र कार्यनीतिबारे सुझाव दिएका छन्। उनले युवा प्रतिभालाई प्रोत्साहन गर्न र खेलकुदको विकासमा सबै पक्षको सहकार्य आवश्यक रहेको धारणा व्यक्त गरे।

छलफलपछि नगर प्रमुख सिंहले खेलकुदको विकासका लागि महानगरपालिकाले खेलकुद पूर्वाधार निर्माणदेखि विभिन्न कार्यक्रम सञ्चालनमा सहकार्य गर्ने जानकारी दिएका छन्। यस प्रयासले वीरगन्जमा क्रिकेटको विकासमा नयाँ ऊर्जा थप्ने विश्वास गरिएको छ।

यो छलफललाई वीरगन्जको खेलकुद क्षेत्रमा पहिचान थप्ने महत्त्वपूर्ण कदमका रूपमा लिइएको छ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *