वीरगन्ज :

वीरगन्जबाट लागु औषधसहित १ जना पक्राउ

श्रेणी : अपराध

8 months
Pradeep Sah
2.2kViews
1554 Shares

वीरगन्ज,०८ फाल्गुन । पर्सा प्रहरीले वीरगन्जबाट लागु औषध गाजा र चरेससहित एक जनालाई पक्राउ गरेको छ ।

गोप्य सूचनाको आधारमा प्रहरी चौकी ईनर्वाबाट खटिएको प्रहरी टोलीले नेपालबाट भारततर्फ जाने तथा भारतबाट नेपालतर्फ आउने सवारी साधन तथा पैदलयात्रीहरूलाई चेकजाँच गर्ने क्रममा भारत बंगाल जिल्ला नदिया थाना बधकुल्ला बजार कोलनी बस्ने वर्ष २८ को राज अधिकारीलाई पक्राउ गरेको हो ।

प्रहरीले उनको साथबाट लागू औषध गाँजा जस्तो देखिने पदार्थ विना प्लाष्टिकको ६ किलो ३०० ग्राम र प्लाष्टिकले बेरी राखिएको लागूऔषध चरेश जस्तो देखिने पदार्थ खुला २ किलो १०० ग्राम बरामद गरेको पर्सा प्रहरी प्रवक्ता सुबास भट्टले बताए ।

पक्राउ परेका अधिकारीलाई जिल्ला प्रहरी कार्यालय पर्साको हिरासतमा राखी थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *