
श्रेणी : अपराध
2.1kViews
1194
Shares
वीरगन्ज, १२ माघ । पर्साको वीरगन्जबाट एकजना लागुऔषध गाँजासहित पक्राउ परेका छन् । पक्राउ पर्नेमा पटेर्वासुगौली घर भएका र हाल वीरगन्ज वाड न १६ मा बस्दै आएका ३० वर्षीय पवन यादव रहेको बताइएको छ ।
नेपाल प्रहरी र सशस्त्र प्रहरीको संयुक्त टोलीले विशेष सुराकीको आधारमा पवन यादवको भाडामा लिएको कोठामा खानतलासी गर्दा गाँजा फेला परेको थियो। त्यसपछि उनीलाई पक्राउ गरि आवश्यक कारवाही अगाडि बढाइएको छ ।
सुरक्षा बलले अवैध लागुऔषधको कारोबार नियन्त्रण गर्न कडा निगरानी राखिरहेको छ ।


प्रतिक्रिया