बीरगन्ज,६ चैत्र । आजदेखि बीरगन्जको ड्राइपोर्ट–बगही जोड्ने सडकमा कल्भर्ट निर्माणको काम सुरु भएको छ । स्थानीयहरूको आउजाउमा समस्या भएकाले बीरगन्ज महानगरपालिकाले उक्त सडकमा कल्भर्ट निर्माण गर्ने निर्णय गरेको हो ।
महानगरपालिकाका मेयर राजेशमान सिंहले कल्भर्ट निर्माण कार्यको शिलान्यास गर्दै ग्रामिण क्षेत्रका वासिन्दालाई आवागमनमा सहजता पुर्याउन यस परियोजना अगाडि बढाइएको जानकारी दिए ।
३३ लाख रुपैयाँको लागतमा एक महिनाभित्र निर्माण सम्पन्न गर्ने लक्ष्य राखिएको छ। महानगरका प्रमुख प्रशासकीय अधिकृत अरविन्द लाल कर्णका अनुसार काम छिटो र गुणस्तरीय रूपमा सम्पन्न गरिने छ। शिलान्यास कार्यक्रममा महानगरका योजना प्रमुख अवधेश कुशवाहा, प्राविधिक सल्लाहकार प्रकाश अमात्य, र स्थानीय समुदायका प्रतिनिधिहरूकाे पनि उपस्थित रहेको थियो ।
कल्भर्ट निमार्णपछि स्थानीयहरूको आउजाउमा सहज हुने अपेक्षा गरिएको छ ।
प्रतिक्रिया