वीरगन्ज,२२ फाल्गुन । वीरगन्ज महानगरपालिकाका पूर्व नगरप्रमुख विजय कुमार सरावगी काठमाडौंस्थित मेडिसिटी अस्पतालमा शल्यक्रिया भइरहेको छ।
स्रोतका अनुसार, मस्तिष्कको नसामा समस्या (नसा खुम्चिने) देखिएपछि उनलाई अस्पताल भर्ना गरिएको थियो। स्वास्थ्य समस्या गम्भीर बनेपछि चिकित्सकहरूको टोली उनको शल्यक्रिया प्रक्रियामा संलग्न रहेको छ।
अस्पताल स्रोतका अनुसार, शल्यक्रिया सफलतापूर्वक सम्पन्न होस् भन्ने कामना गर्दै परिवारजन र शुभेच्छुकहरू प्रतीक्षारत छन्। थप जानकारी चिकित्सकको आधिकारिक बयानपछि आउनेछ।
प्रतिक्रिया