वीरगन्ज :

वीरगन्जकाे नेशनल मेडिकल कलेजमा मनाइयो विश्व मुख स्वास्थ्य दिवस

श्रेणी : मधेस

3 weeks
Pradeep Sah
2.2kViews
1598 Shares

वीरगन्ज,०७ चैत । ‘खुसी मुख, खुसी मन’ नारासहित आज देशभर विश्व मुख स्वास्थ्य दिवस मनाइँदै छ । दिवस विश्व स्वास्थ्य सङ्गठन (डब्लुएचओ) को आह्वानमा हरेक वर्ष मार्च २० का दिन विश्वव्यापी रूपमा मनाइने गरिन्छ ।

विश्व मुख स्वास्थ्य दिवसको अवसरमा वीरगन्जस्थित नेशनल मेडिकल कलेजले एक विशेष सचेतना कार्यक्रमको आयोजना गरेको छ ।

नेशनल मेडिकल कलेजमा आयोजित उक्त कार्यक्रममा १२५ जनाले निःशुल्क मुख स्वास्थ्य जाँचको लाभ लिएका छन् । साथै, अस्पतालले उपचारमा संलग्न सबैका लागि १० प्रतिशत छुटको व्यवस्था गरेको जानकारी दिएको छ ।

कार्यक्रमको अध्यक्षता डेनटल कलेजका प्रमुख प्रो.डा. सरोज प्रसाद देवले गरेका थिए । उनले मुख स्वास्थ्यको महत्त्व र नियमित जाँचको आवश्यकतामाथि प्रकाश पारेका थिए ।

कार्यक्रमका प्रमुख अतिथिका रूपमा मेडिकल कलेजका प्रशासन तथा मार्केटिङ निर्देशक आबिद हुसेन अन्सारीले स्वास्थ्य सेवालाई सर्वसुलभ बनाउन अस्पताल प्रतिबद्ध रहेको बताए ।

यसैगरी, विशिष्ट अतिथिहरूमा डा. रवि शङ्कर गुप्ता, एके काशी, गङ्गा गुरुङ, गौसुल आजम, डेनटल विभागका डा. हरिस कुमार शाह, डा. सरोज नायक र डा. साना इमानी लगायतका चिकित्सकहरूको सहभागिता रहेको थियो । उनीहरूले मुख स्वास्थ्यसम्बन्धी विभिन्न समस्या, जस्तै दाँतको किरा, गिजाको रोग र मुखको क्यान्सरबाट बच्ने उपायहरूबारे जानकारी दिए ।

कार्यक्रमले स्थानीय समुदायमा मुख स्वास्थ्यप्रति जागरूकता बढाउनुका साथै नियमित दन्त परीक्षण र सरसफाइको महत्त्वलाई उजागर गरेको छ । नेशनल मेडिकल कलेजले आगामी दिनमा पनि यस्ता स्वास्थ्य शिविर र सचेतना कार्यक्रमलाई निरन्तरता दिने प्रतिबद्धता व्यक्त गरेको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *