वीरगन्ज :

वीरगञ्ज–२८ मा सुशील कानुको घरदैलो, जनतासँग प्रत्यक्ष संवाद

श्रेणी : मधेस

2 months
Pradeep Sah
2.7kViews
1477 Shares

वीरगञ्ज, ४ फागुन । पर्सा निर्वाचन क्षेत्र नम्बर–२ मा प्रतिनिधिसभा सदस्य पदका लागि उम्मेदवार बनेका सुशील कुमार कानुले सोमबार वीरगञ्ज महानगरपालिका–२८ अन्तर्गतका बगही र इनरवा टोलमा घरदैलो अभियान सञ्चालन गर्दै स्थानीय नागरिकसँग प्रत्यक्ष संवाद गरेका छन्।
घरदैलोका क्रममा उम्मेदवार कानुले राष्ट्रिय स्वतन्त्र पार्टी को नेतृत्वमा सरकार गठन भए दलित समुदाय लक्षित स्वास्थ्य सेवा सुदृढीकरण, गुणस्तरीय शिक्षामा पहुँच विस्तार तथा स्थायी रोजगारी सिर्जनालाई उच्च प्राथमिकतामा राखिने बताए। जनताको दैनिक जीवनमा प्रत्यक्ष अनुभूति हुने खालका कार्यक्रममार्फत समृद्धि हासिल गर्ने लक्ष्य पार्टीको रहेको उनको भनाइ थियो।
कानुले विकास, शिक्षा, रोजगारी र कृषिलाई आफ्नो मुख्य चुनावी एजेन्डा भएको स्पष्ट पार्दै हालै सार्वजनिक गरिएको पार्टीको ‘जनतासँगको करार पत्र’ अनुसार पाँच वर्षसम्म निरन्तर जवाफदेही ढंगले काम गरिने प्रतिबद्धता जनाए। उनले जनताको आवश्यकता र अपेक्षालाई केन्द्रमा राखेर नीति तथा कार्यक्रम तयार गरी व्यवहारमै देखिने विकास गर्ने लक्ष्य रहेको उल्लेख गरे।
उनले समावेशी विकास र सामाजिक न्यायलाई मूल आधार मानेर पार्टी अघि बढिरहेको उल्लेख गर्दै सबै वर्ग, समुदाय र क्षेत्रको हक–हित संरक्षणका लागि रास्वपा दृढतापूर्वक उभिने प्रतिबद्धता दोहोर्‍याए।
घरदैलो कार्यक्रमपछि आयोजित पार्टी प्रवेश कार्यक्रममा विभिन्न राजनीतिक दल परित्याग गरी ५८ जना स्थानीय नेता तथा कार्यकर्ता रास्वपामा प्रवेश गरेका छन्। नेकपा एमाले का दलित नेता शिसम् महारासहित नेपाली काँग्रेस, जनता समाजवादी पार्टी, नेपाल र आजपासहितका दलबाट आएका नवप्रवेशीहरूलाई उम्मेदवार कानुले अबिर र पार्टीको खादा लगाएर स्वागत गरे।
पार्टी प्रवेश गर्नेहरूले पुराना दलहरूले जनताको अपेक्षा अनुसार काम गर्न नसकेको अनुभव सुनाउँदै नयाँ राजनीतिक संस्कार र परिवर्तनको आवश्यकता महसुस भएकाले रास्वपामा आबद्ध भएको बताए। उनीहरूले समावेशी सोच, पारदर्शी कार्यशैली र जनमुखी एजेन्डा बोकेको राष्ट्रिय स्वतन्त्र पार्टीलाई घण्टी छापमा मतदान गरी विजयी बनाउने प्रतिबद्धता पनि व्यक्त गरे।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *