वीरगन्ज :

वीरगञ्ज महानगरपालिकाले अतिक्रमित संरचना हटाउने

श्रेणी : समाज

2 years
birgunj report
13Views
0 Shares

पोखरीया । वीरगञ्ज महानगरपालिकाले सडक, फुटपाथ तथा नाला अतिक्रमण गरी बनाइएका संरचना हटाउने भएको छ । वीरगञ्ज महानगरपालिकाले आदर्शनगर क्षेत्रका १० फिटे नालामाथि बनेका संरचनाहरु ७ दिनभित्र हटाउन सूचना जारी गरेको हो ।

तोकिएको अवधिभित्र संरचना नहटाए महानगर आफैंले हटाउने जनाएको छ । यसरी हटाउँदा लागेको खर्च सम्बन्धित व्यक्तिबाटै असुल गरिने सूचनामा उल्लेख छ ।

महानगरपालिकाले अतिक्रमित भूमि फिर्ता ल्याउनुका साथै अतिक्रमण गरेर बनाइएका संरचना हटाउने अभियान सञ्चालन गरिएको महानगरको भौतिक पूर्वाधार समितिका संयोजक प्रदीपकुमार चौरसियाले बताए ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *