वीरगन्ज :

वीरगञ्ज को मुख्य सडक विस्तारको माग गदै घण्टाघरमा हस्ताक्षर अभियान जारी

श्रेणी : BANNER

2 months
Pradeep Sah
2.9kViews
1050 Shares

बीरगन्ज,१४ असार । बीरगन्जको मुख्य सडक विस्तारको मागलाई लिएर सशक्तरूपमा अघि बढिरहेको बीरगन्ज विकास युवा संघर्ष समितिले आज दोस्रो दिन पनि घण्टाघर चोकमा हस्ताक्षर अभियान सञ्चालन गरेको छ। स्थानीय विकासप्रेमी नागरिकहरूको उल्लेखनीय सहभागितासहित सम्पन्न कार्यक्रममा सडक विस्तारको आवश्यकता र तत्काल पहलका लागि आवाज बुलन्द गरिएको हो।

संघर्ष समितिका अनुसार, बीरगन्जको मुख्य सडकलाई फराकिलो बनाउने कार्य अब ढिलो गर्नु सहरकै भविष्यविरुद्धको कदम ठहर्नेछ। शहरको दिगो विकास, ट्राफिक व्यवस्थापन र आधुनिक संरचना निर्माण को आधारका रूपमा मुख्य सडक विस्तारलाई देखिएको छ।

समितिले माग पूरा नभएसम्म चरणबद्ध आन्दोलन जारी राख्ने चेतावनी दिएको छ। भोलि बिहान ८ बजे तेस्रो दिनको हस्ताक्षर अभियान पुनः घण्टाघर मा सञ्चालन गरिने जानकारी दिँदै सबै विकासप्रेमी नागरिकहरूलाई अनिवार्य सहभागिताका लागि आह्वान गरिएको छ।

समितिले बीरगन्जको विकास स्थानीय तहबाटै सुरु हुनुपर्ने र जनसहभागिता नै यस परिवर्तनको आधार हुने भन्दै सबैलाई सडक विस्तार अभियानमा जोडिन आग्रह गरेको छ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *