
श्रेणी : BANNER
हनुमान जयन्तीको अवसरमा वीरगञ्जमा निकालिएको शोभायात्राका क्रममा धार्मिक सद्भाव बिथोलिएको आरोपमा प्रहरीले चार जनालाई पक्राउ गरेको छ। जिल्ला प्रहरी कार्यालय पर्साका अनुसार पक्राउ पर्नेमा दुई जना हिन्दु र दुई जना मुस्लिम समुदायका हुन्।
पक्राउ परेका हिन्दु युवाहरूको रिहाइको माग गर्दै जिल्ला प्रहरी कार्यालय अगाडि धर्नामा बसेका हिन्दु युवा नेताहरूमाथि प्रहरीले लाठीचार्ज गरेको छ। प्रहरीले बल प्रयोग गरेपछि प्रदर्शनकारीहरू तितरबितर भएका छन्।
लाठीचार्जका क्रममा एभिन्युज टेलिभिजनका पत्रकार अर्जुन गुप्ता घाइते भएका छन्। टाउकोमा चोट लागेका गुप्ता हाल वीरगञ्जस्थित नारायणी अस्पतालमा उपचाररत छन्।
प्रहरीको कारबाहीको विरोधमा हिन्दु युवा नेताहरू घण्टाघर नजिक नाराबाजी गर्दै विरोध प्रदर्शनमा उत्रिएका छन्। घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

प्रतिक्रिया