वीरगन्ज :

वीरगञ्जको ठाकुरराम क्याम्पसमा स्ववियु चुनाव, ३ बजेसम्म करिब ३ हजार मत खस्यो

श्रेणी : मधेस

4 months
Pradeep Sah
2.8kViews
1320 Shares

वीरगन्ज,०५ चैत । विरगन्जस्थित ठाकुरराम बहुमुखी क्याम्पसमा स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) निर्वाचन जारी छ । बिहान १० बजेबाट सुरु भएको मतदानमा दिउँसो ३ बजे सम्म २९ सय ४३ मत मात्र खसेको निर्वाचन प्रमुख दिलीप सिंहले जानकारी दिए ।

निर्वाचन कार्य तालिकाअनुसार बिहान ८ बजे बाट सुरु हुने भनिएको मतदान २ घण्टा ढिलो भई १० बजे मात्रै सुरु भएको थियो । सिंहका अनुसार निर्वाचनका सम्पूर्ण तयारी पूरा भएपछि मात्र मतदान प्रक्रिया अगाडि बढाइएको थियो ।

निर्वाचन अधिकृत सिंहका अनुसार ठाकुरराम बहुमुखी क्याम्पसमा ९ वटा मतदान स्थल बनाइएको छ । जहाँ कुल १० हजार ७२९ जना मतदाताले १४ वटा सङ्गठन र समूहलाई मतदान गर्ने छन् ।

१६ वर्षपछि स्ववियु निर्वाचन हुन लागेकाले विद्यार्थीहरूमा विशेष उत्साह देखिएको छ । त्रिभुवन विश्वविद्यालय अन्तर्गतका आङ्गिक तथा सामुदायिक क्याम्पसहरूमा आज स्ववियु निर्वाचन भइरहेको छ ।

ठाकुरराम क्याम्पसमा जारी मतदानमा विद्यार्थीहरूको उत्साहजनक सहभागिता रहेको छ भने निर्वाचन शान्तिपूर्ण रूपमा सम्पन्न गर्न सुरक्षाकर्मीहरू तैनाथ गरिएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *